२०७९ आश्विन ४, मंगलवार ०६:२७

जनकपुरधाम । प्रतिनिधिसभा र राष्ट्रिय सभावाट दोस्रो पटक हुवहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत भएको नागरिकता विधेयकको १५ दिने समय सीमा मंगलवार सकिदैछ ।

मंगलवार राति १२ बजे सम्म प्रमाणीकरणका लागि समयसीमा रहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभावाट पहिलो पटक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत गरेको नागरिकता विधेयक राष्ट्रपतिले सुझाव सहित फिर्ता गरेकी थिइन् । तर, प्रतिनिधिसभा र प्रदेशसभावाट राष्ट्रपति समक्ष पेश गरिएको नागरिकता विधेयकमा दुवै सदनमा छलफलनै नगरी हुवहु प्रमाणीकरणका लागि पेश गरिएको छ । यस बिषयमा राष्ट्रपति विभिन्न दलका नेताहरुसंग छलफल गर्नुका साथै प्रधानमन्त्रीसंग पनि छलफल गरेकी छन् ।

संविधान अनुसार एक पटक भन्दा बढी कुनै विधेयक राष्ट्रपतिले फिर्ता गर्न सक्दैन् तर, राष्ट्रपतिको सुझावलाई बेवास्ता गरी पेश गरिएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने जनाइ सकेकी छन् । नागरिकता विधेयक प्रमाणीकरण नभए लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ गतेवाट आन्दोलन गर्ने चेतावनी समेत दिइ सकेको छ । नागरिकता विधेयक प्रमाणीकरण हुन नसक्दा लाखौं नेपाली नागरिक नागरिकता विहीनताको अवस्था छ । आफ्नै मुलुकमा अनागरिक सरह बस्नुपर्ने बाध्यता हटाउन लोसपाले राष्ट्रपति समक्ष आग्रह समेत गरिसकेको छ । लोसपाका मधेश प्रदेशका प्रमुख सचेतक परमेश्वर साहले भने मंगलबार राति १२ बजे सम्म हामी आशावादी रहेको बताए । उनले मंगलबार सम्म नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलनमा जाने र आफ्नै मुलुकमा अनागरिक जीवन विताइ रहेकाहरुको पक्षमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News