राजविराज । संविधान दिवसको अवसर पारेर सरकारले राजविराज कारागारका १ महिला सहित १७ जना कैदीलाई रिहा गरेको छ । रिहा हुनेहरुमा संविधान सभाका सदस्य सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा कर्तब्य ज्यान मुद्दामा ९ वर्ष देखि कारागारामा रहेकी उनकी छोरी ३२ वर्षीय रुवेदा खातुन समेत छिन ।
मियाँको २०७० सालमा खडक नगरपालिका स्थित आफ्नै पेट्रोल पम्पको निवास स्थलमा सुतिरहेका बेला घाँटी रेटेर हत्या भएको थियो । अनुसन्धानको क्रममा छोरी रुवेदा समेतको संलग्नता प्रमाणित भएपछि सप्तरी जिल्ला अदालतको २०७३ कार्तिक ३० गतेको फैसलाले २० वर्ष कैद ठहर गरेको थियो । राम्रो आचरण भएकाले बाँकी कैद सजाय मिनाहा भएको जेल प्रशासनले जनाएको छ । जेलर किशोर कुमार रामका अनुसार उनी संगै कर्तव्य ज्यानका छिन्नमस्ता गाउँपालिकाका संतोष कुमार यादव, वीरेन्द्र साह सोनार, राजविराजका रवी मण्डल धानुक र डाक्नेश्वरी नगरपालिकाका अशोक कुमार मण्डल रिहा भएका छन् । यस्तै कर्तव्य ज्यान मुद्दाका हनुमाननगर कंकालिनी नगरपालिकाका सोनेलाल मण्डल, बोदे वरसाईन नगरपालिकाका सुरेश कुमार यादव र उदयपुर कटारी नगरपालिकाका ललित बहादुर माझी पनि रिहा भएका छन् । यस्तै, सवारी ज्यान मुद्दाका रुपनी गाउँपालिका ६ का रंजित कुमार भगत, खडक नगरपालिकाका लक्ष्मी प्रसाद चौधरी, अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका शम्भु मुखिया, कंचनरुप नगरपालिका अर्जुन मण्डल, डाँका मुद्दाका राजविराजका मो.अकबर र चोरी नकवजनी मुद्दाका सप्तकोशी नगरपालिकाका विशाल मुखिया र चन्दन मुखिया पनि रिहा भएको जेलर रामले जानकारी दिए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=AVYeiY8Xz58

