२०७९ आश्विन ४, मंगलवार ०८:११

नवौं राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशबाट २० जना तेक्वान्दो खेलाडी छनौट भएका छन् ।

भदौ ३० गतेदेखि असोज २ गतेसम्म बर्दिवासमा सम्पन्न छनौट खेलबाट विभिन्न तौल समूहमा तेक्वान्दोतर्फ १६ र पुम्सेको तीन विधातर्फ चार खेलाडी छानिएका हुन् । छनौट हुनेमा १० पुरुष र १० महिला रहेका छन् प्रदेश स्तरिय छनौट खेलका लागि ७४ पुरुष र ५७ महिला खेलाडीले सहभागिता जनाएका थिए । सहभागी मध्ये बाराका ६ र पर्साका सात खेलाडी छानिएका छन् । महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका मधेश प्रदेशको आयोजना तथा नेपाल तेक्वान्दो संघ प्रदेश कमिटीको संयोजनमा सम्पन्न छनौट खेलमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशका खेलकुद प्रमुख जियाउल अन्सारी, होटल तथा पर्यटन व्यवसायी संघ प्रदेशका अध्यक्ष हिरालाल गौतम, अन्तर्राष्ट्रिय निर्णायक रवीन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो । छनोट भएका खेलाडीहरु असोजको अन्तिम साता पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने छन् ।

Comment

Related News

Latest News

Trending News