अपडेट 
२०७९ आश्विन ४, मंगलवार १४:१८

नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा डा. रामजी यादव प्यानलसहित विजयी भएका छन् ।

१३ सदस्यीय नयाँ कार्यसमितिको लागि सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा डा. रामजी यादव र डा.अनिल ठाकुर प्यानलसहित प्रतिस्पर्धा उत्रेका थिए । अध्यक्ष पदमा यादवले २९७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी ठाकुरले १३७ मत पाए । त्यस्तै बरिष्ठ उपाध्यक्षमा डा.रामेश्वर महासेठ ३११ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी डा.पंकज प्रताप देवले ११६ मत प्राप्त गरे । महासचिवमा डा.राम ज्ञान यादव २९८ मत ल्याएर विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार डा.अबधेसकान्त झाले १३३ मत प्राप्त गरे ।कोषाध्यक्षमा डा.राजेश कुमार शाह २५० मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी डा. निरन्जन गोइतले १६९ मत प्राप्त गरे ।

यस्तै सदस्यहरुमा बिभाश गोइत, बिपिन कुमार यादव, देवनारायण साह, रबि रन्जन प्रधान, ऋषिकेश प्रताप साह र विजय कुमार साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीसहित चार जिल्लाको चिकित्सकहरुको संगठन जनकपुर चिकित्सक संघमा जम्मा ६ सय मतदाता छन् । निर्वाचनमा ४५९ मत खसेको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्य समितिको १३ पदका लागि २६ जनाको उम्मेदवारी परेको थियो ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=4THq6bYiWdg

 

Comment


Related News

Latest News

Trending News