यातायात व्यवस्था कार्यालय जनकपुरधामले सवारी चालक अनुमती पत्रकाका लागि लिइने ट्रायलमा नयाँ व्यवस्था लागु गरेको छ ।
यातायात व्यवस्था विभागको निर्देशिक अनुसार २०७७ नियमावलीको नयाँ निर्देशिका जारी भएको आधारमा सो व्यवस्था लागु गरिएको छ । सो नयाँ व्यवस्था सहितको ट्रायल परिक्षणको मधेश प्रदेशका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवले बुधवार समुदघाटन गरेका छन् । मन्त्री यादवले सहुलियत पछि ठिकठाक मोटरसाइकल चलाउन सक्नेले चालक अनुमती पत्र लिन सक्ने सहज भएको बताएका छन् ।
यस अघि हुने ट्रायलमा सानोतिनो गल्ती हुँदा समेत फेल गरिने गरिएकोमा अव केहि सहुलियत दिने नयाँ व्यवस्था लागु गरिएको छ । अव ट्रायलमा सहभागिहरुले एक सयमा सत्तर प्रतिशत सम्म मात्र अंक ल्याएपनि ट्रायल पास हुने छ । आठ आकारमा मोटरसाइकल घुमाउने क्रममा अव एकपटक खुट्टा टेक्न र एक पटक लाइन छोएकोमा पाँच पाँच अंक मात्र घटाइने छ । साथै अन्य केहि ठाँउहरुमा हुने गल्तीहरुमा अंक घटाइने छ र एक सयमा ३० प्रतिशत अंक कम ल्याउनेलाई पनि चालक अनुमती पत्र प्रदान गरिने छ ।
यो नयाँ व्यवस्था सातवटै प्रदेशमा लागु गरिएको छ । ३० प्रतिशत सहुलियत पाएर ट्रायलमा आफुले पास भएको कुरा ट्रायलकै बेला ठाँउको ठाँउ जानकारी पाउने भएपछि चालक अनुमती पत्र लिनेहरु खुसी व्यक्त गरेका छन् । सो अवसरमा मन्त्रालयका सचिव कृष्ण कुमार मिश्र, यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुख विरेन्द्र साह, ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक सहितको उपस्थिती थियो ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=4THq6bYiWdg