अपडेट 
२०७९ आश्विन ७, शुक्रबार १८:४७

नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ३० पिसिआर परिक्षणका क्रममा ५३ जना र २ हजार २ सय ३९ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ३ सय ७१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News