२०७९ आश्विन ९, आईतवार ०७:१६

असोज ८ गते । महोत्तरीको दक्षिणवर्ती मटिहानी नगरपालिकामा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।

घाँस काट्न गएकी मटिहानी १ धिरापुरकी ४० वर्षीया अमना खातुन मृत अवस्थामा फेला परेकी छन् । मृतकको शव गाउँदेखि करिब एक किमी पूर्व बिगही खोलाको खोइर भन्ने ठाउँको बाँसघारीमा फेला परेको जिल्ला प्रहरीले जनाएको छ । मृतकको शरीरका अङ्गहरूबाट रक्तस्राव देखिएकोले हत्या गरेर मारेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्देश्वर यादवका अनुसार शुक्रबार रातकोबीचमा शव फेला परेकोले घटनाबारे अनुसन्धानपछि सत्यतथ्य खुल्ने बताए । पारिवारिक स्रोतका अनुसार शुक्रबार अपरान्हतिर घरबाट घाँस काट्न मेलापात गएकी अमना घाम डुब्न लाग्दासमेत नफर्केपछि ससुरा नथुनी अन्सारीले धिरापुरस्थित प्रहरी चौकीमा जानकारी दिएका थिए ।

घटनाका जानकारीपछि प्रहरीले खोजी गर्दा शुक्रबार साढे ८ बजेतिर मृत अवस्थामा फेला परेको थियो । प्रहरीले घटनास्थललाई रातिदेखि नै नियन्त्रणमा लिइ कारबाही अघि बढाएको छ । हत्याको कारण खुल्न सकेको छैन । उनका श्रीमान मो अनसारुल अन्सारी वैदेशिक रोजगारीका लागि केही समयदेखि कतारमा रहेको परिवारले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News