आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनकोलागि महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ मा हरिनारायण यादवको चर्चा बढ्न थालेको छ ।
उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पालिका पिपरासहित जलेश्वर र एकडारा गाउँपालिका जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनको नाम चर्चामा आएको छ । जसपावाट टिकटका लागि दीपेन्द्र झा समेत प्रयासरत्त रहेको बेला महोत्तरी ३ को वर्तमान राजनीति अवस्थामा हरिनारायण दीपेन्द्र भन्दा उपयुक्त उम्मेदवार रहेको जलेश्वर नगरपालिका २ का रामपृत पासवान बताउँछन् । उनले भने,‘दीपेन्द्र झा भन्दा बढी राजनीतिक लगानी हरिनारायण यादवको छ, पार्टीले नेता कार्यकर्ता संग न्याय गर्नुपर्दछ । दीपेन्द्र भर्खर भर्खर आएका छन् उनलाई पार्टीमा समय विताउनु आवश्यक छ ।’
यादव तत्कालीन मधेशी जनअधिकार फोरम देखि नै उपेन्द्र यादवको साथमा छन् र उनी निरन्तर पार्टी पंक्तिका लागि उभिने गरेका छन् । उनको लगनशीलता र जनता माझ रहेको छविकै कारण पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका जिताउन सफल भएका स्थानीयहरु बताउँछन् । ‘जनताबीच यादवको चर्चाले महोत्तरी ३ नम्वर क्षेत्रमा अहिले यादव बलियो स्थितिमा देखिन्छन’ जलेश्वर नगरपालिकाका सुगा निवासी सोगारथ यादव बताउँछन्,‘यस क्षेत्रमा जित्नकालागि हरिनारायण नै चाहिन्छ नत्र, अरु पार्टीले जित्नेछ ।’
Please subscribe our official youtube channel below and support us.


