२०७९ आश्विन ९, आईतवार ०७:३३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण एक घण्टा ढिलो रेल गुडेको विषयले रेल्वे प्रशासन माथि प्रश्न चिन्ह लगाएको छ ।

शनिबार ओलीको कारण रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरधामबाट जयनगरको लागि प्रस्थान गरेको विषयले महाप्रवन्धक निरञ्जन झाको सर्वत्र निन्दा भएको छ । ओलीसहित एमालेका नेताहरु रेल चढेर महिनाथपुर स्टेशनसम्म जाने टिकट लिएका थिए । काठमाण्डुबाट जनकपुरधाम आउने विमान ढिलो भएको कारण ११ बजे जनकपुरधामबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडाएको रेलको विषयमा छानबिन हुनुपर्ने माग पनि भइरहेको छ ।

नेकपा एमाले धनुषा कमिटीले विदेह नगरपालिका तिनकौरिया बजारस्थित आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली रेल चढेर पुगेका थिए । एमालेका नेताहरुले ५६ वटा एसी र ८६ वटा जेनरलमा टिकेट बुक गरेको थियो । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक झाले निर्धारित समयभन्दा ढिलो ओलीकै कारण गुडेको स्वीकार गरे । नेताहरुका आग्रहमा रेल ढिलो चलाइएको उनले बताउँदै आगामी दिनमा यस प्रकारको त्रुटि नहुने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News