२०७९ आश्विन ९, आईतवार ०७:३६

सव डिभिजन वन कार्यालय औरहीले रामगोपालपुर नगरपालिका–५ स्थित जय माँ काष्ठ उद्योगमा शनिबार छापा मारेर सखुवा जातको करिब ३० क्युफिट काठ नियन्त्रणमा लिएको छ ।

बरामद गरिएका काठमा विभिन्न साइजका ३५ थान चिरान रहेको जनाइएको छ । वन अधिकृत कृष्णकुमार पटेलको कमाण्डमा सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहित घटनास्थल पुगेको टोलीले स मिल घेराबन्दी गरी करिब एक घण्टा लगाएर खोजतलास गरेको थियो । त्यस क्रममा स मिल परिसरमा रहेको विन्देश्वर यादवको घर आँगनबाट बोराले छोपेर राखेको अवस्थामा उक्त चिरान बरामद भएको डिएफओ सन्तोष झाले जानकारी दिए । सशस्त्र वन रक्षक प्रमुख अवतार लामाले दिएको जानकारी अनुसार सुरक्षाकर्मीसहित घट् नास्थल पुगेपछि स मिल सञ्चालक रामविनय यादव फरार भएका छन् । काठ फेला परेको घरमासमेत महिला र केटाकेटी मात्र रहेकोले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको लामाले बताए । बरामद काठ सागरनाथ वन विकाश परियोजना मातहतको जङ्गलबाट चोरी गरी ल्याइएको वनकर्मीको प्रारम्भिक अनुमान छ । सत्यतथ्य अनुसन्धान गर्दै जादा खुल्ने डिभिजन वन प्रमुख (डिएफओ) झाले जनाए । तस्करको पहिचान खुलेकाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारवाही अघि बढाइने डिभिजन वन कार्यालयले जनाएको छ ।

डिएफओ झाले घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाउन औरही सव डिभिन वन कार्यालयका अधिकृत कृष्णकुमार पटेललाई अनुसन्धान अधिकृत तोकिएको छ । बरामद काठ माइस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाको जिम्मामा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News