२०७९ आश्विन ९, आईतवार ०७:४५

नेपाली कांगेसबाट सिम्रौनगढ नगरपालिकामा जितेका वडाअध्यक्षहरुले मेयर किशोरी प्रसाद कलवारको उत्तेजित बोलीका कारण नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

नगरपालिकाको कार्यकक्षमा शनिवार पत्रकार सम्मेलन गरी वडाअध्यक्षहरुले यस्तो आरोप लगाएका हुन । सम्झाइ बुझाइ गर्नुको साटो विद्यार्थीहरुसंग जुहारी खेल्नु, उत्तेजित बनाउने काम गरेको हुँदा विद्यार्थीहरुले बाध्य भएर तोडफोड गरेका थिए । शैक्षिक भ्रमणमा जानका लागि विद्यार्थीहरुले मेयर कलवारसंग पैसा माग्दा खाता खुलेको छैन । पाँच रुपैया पनि दिन सक्दैन भनेर भाषा प्रयोग गरी हबकाएर पठाए पछि आक्रोशित विद्यार्थीले नगरपालिकामा तोडफोड गरेको वडा नम्बर ४ का वडाअध्यक्ष अवधेश सहनीले जानकारी दिए । पटक पटक कार्यपालिकाको बैठक बसाल्न भने पनि आनाकानी गर्दै कार्यपालिकाको बैठक नबसाली नगरपालिका एक्लै मेयर कलवारले चलाउने गरेको वडा नम्बर ३ का वडाअध्यक्ष उजुल्लाह अंसारीले बताए । नगरप्रमुख आफै विद्यार्थीहरुलाई उत्तेजित गरी तोडफोड गर्न लगाएको तर त्यसबाट बच्नका लागि नगरपालिका वडा नम्बर १, ३ र ४ का वडाअध्यक्षहरुको नाम मुछ्न खोज्नुमा कुनै सत्यता नरहेको हुँदा मेयर कलवारले आफू जोगिनलाई भ्रमको खेती गरिरहेको वडाअध्यक्षहरुको भनाइ छ । नेपाली कांग्रेसबाट जितेका वडाअध्यक्षहरुले विधि र प्रक्रिया अनुसार अगाडि बढ्न खोज्दा मेयर कलवारले विधि र प्रक्रियालाई मिचेर अगाडि बढने गरेको हुँदा निर्वाचित भएको ४ महिना बितिसक्दा विकासले गति लिन नसकेको वडाअध्यक्षहरुको भनाइ रहेको छ ।

कर्मचारीहरुको करिब ७ महिनाको तलब खान बाकी रहेको हुँदा हिन्दुहरुको महान चाडपर्व दशैं आउन लाग्दा समेत ती कर्मचारीहरुलाई तलब खुयाउने तिर मेयर कलवारले कुनै प्रक्रिया अगाडि बढाएका छैनन् । खाता खोल्न काम मेयरले नै अगाडि बढाउनु पर्ने हो तर विभिन्न प्रकारको बखेडा झिकी बहानाबाजी गर्दै खाता खोल्न आनाकानी गरेपछि नगरपालिकामा समस्या सृजना हुने गरेको छ । त्यति मात्र होईन भैपरी आउने काममा पनि मेयर कलवारले आनाकानी गर्दै झारो टार्ने गरेको हुदा कतिपय महत्वपूर्ण कामहरु पनि अगाडि बढन सकेको पत्रकार सम्मेलनमा वडाअध्यक्षहरुले गुनासो गरे । मेयर कलवारले आफनो छोरासहित लठइतहरु लगाएर नेपाली कांग्रेसबाट निर्वाचित भएका वडाअध्यक्षहरुलाई ज्यान मार्ने धम्की दिएको हँुदा आफूहरु असुरक्षित महसुस गर्न थालेको छु वडाअध्यक्षहरुले जानकारी गराएका थिए ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News