अपडेट 
२०७९ आश्विन ९, आईतवार १३:२४

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुद्रिक क्षेत्रमा पर्ने गरी छोटो दूरीको एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् ।

उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुद्रिक पानीमा स्थानीय समयानुसार आइतबार बिहान ६ः५३ बजे सो क्षेप्यास्त्र हानिएको दक्षिण कोरियाली सेना प्रमुखले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका हुन्।

दक्षिण कोरिया उत्तरबाट हुन सक्ने यस्तो आक्रमणको प्रतिकार गर्न सक्ने पूर्ण क्षमताका साथ अमेरिकाको समन्वयमा तयारीसहित रहेको जानकारी पनि सो विज्ञप्तिमा दिइएको छ। दक्षिण कोरियाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी एक सैनिक समूह दक्षिण कोरियाली बुसान सहरमा आएको दुई दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको छ।

यसै महिना दक्षिण कोरियाली र अमेरिकी सैनिकले संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको बुझिएको छ। सोही तयारीको समयमा उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको बताइएको छ। उत्तर कोरियाले पटक–पटक छोटो दूरीका यस्ता ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रहार गर्ने गरेको छ । यसै वर्ष पनि उत्तर कोरियाले कैयौँपटक यस्ता क्षेप्यास्त्र प्रहार गरिसकेको छ।

Comment


Related News

Latest News

Trending News