अपडेट 
२०७९ आश्विन ९, आईतवार १६:३६

नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १ हजार २ सय ६ पिसिआर परिक्षणका क्रममा ४० जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको पनि मृत्य भएको छैन । त्यस्तै थप एक सय जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३ सय ३५ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय २३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News