२०७९ आश्विन १०, सोमबार ०७:१८

लामो समयदेखि अध्याँरोमा बस्दै आएका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाङ्गीया बस्तीको बासिन्दाले यस पटकको दशैँ भने उज्यालोमा मनाउन पाउने भएका छन् ।

सो बस्तीमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपलब्ध गराएको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाङ्गीया बस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाङ्गीयाबस्तीका नागरिक अध्याँरोमा बस्न बाध्य थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालक, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाङ्गीयाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेका थिए । टोलीले टाङ्गीया बस्तीलाई अध्याँरोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको भन्दै स्थानीयवासीले प्रसन्नता व्यक्त गरेका छन् । ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपूर्व गरिने स्थानान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो ।

प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएर नयाँ बत्ती जडान गरिएको बताए । प्राधिकरणले करिब सात किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटर बाटोको छेउबाट तानेको छ । रुख नकाट् नका लागि जङ्गल क्षेत्रमा कभरड कन्डक्टररइन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ । टाँगिया बस्तीमा विद्युत् उपलब्ध गराउन एक सय केभिए क्षमताका चार थान वितरण ट्रान्सफर्मर जडान गरिएको छ । टांगियामा विधुतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले दुई करोड ३४ लाख रकम खर्चिएको छ । प्राधिकरणले ११ केभीको लाईन करिब सात किमि र एलटी लाईन करिब २० किलोमिटर विस्तार गर्दै विधुतीकरण गरेको हो । रुख कटान गर्न नपर्ने गरी विधुतीकरण गर्दा प्राधिकरणले वन क्षेत्रमा इन्सुलेटेड कभर्ड कन्डक्टरको प्रयोग गरेको छ । प्राधिकरणले उक्त क्षेत्रमा ११ मिटरको बिजुली पोल एक सय ६१ थान र चार सय १३ थान ८÷९ मिटरको पोलबाट विधुतीकरण गरेको छ । उक्त कार्यका लागि १०० केभिएको चार वटा ट्रान्सफर्मर प्रयोग भएको छ । प्राधिकरणले चैत्र महिनामा विधुतीकरणको काम सुरु गरेको प्राधिकरणले भदौमा सम्पन्न गरेको हो । विधुतीकरण भएपछि एक हजार चार सय ७६ घरधुरी रहेको टांगिया बस्तीमा हालसम्म चार सय ५० घरमा मिटर जडान भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News