![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।