२०७९ आश्विन ११, मंगलवार १४:१७

विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गर्नुभएका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्नुहुने भएको छ । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उहाँ राप्रपा प्रवेश गर्न लाग्नुभएको हो ।

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लाग्नुभएको हो । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुनुहुने भएको छ ।

मिश्रसहितको उहाँको टिम नै राप्रपामा प्रवेश गर्न लाग्नुभएको हो । वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लाग्नुभएका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने राप्रपा स्रोतले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News