अपडेट 
२०७९ आश्विन ११, मंगलवार १६:४७

देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ। २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन्। हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ।

नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए। त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन्।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ।

Comment


Related News

Latest News

Trending News