अपडेट 
२०७९ आश्विन १२, बुधबार ०७:०१

पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकेर्युता ।

प्रसादं तनुते मह्यं चंद्रघण्टेति विश्रुता ।।

बडा दशैंमा घटस्थापना भएको तेस्रो दिन माँ चन्द्रघण्टाको पूजा गरिन्छ । नवरात्रिको तेस्रो दिन माँ चन्द्रघण्टाको पूजा र व्रत वस्ने गरिन्छ ।चन्द्रघण्टा माताको यो स्वरुपलाई शुद्ध आत्माले पूजागर्दा रोग हटछ र स्वस्थ्य भईन्छ । शत्रुहरुसित भय हुँदैन र दीर्घायुको वरदान प्राप्ती हुन्छ ।यसको साथै माँ आध्यात्मिक शक्ति, आत्मविश्वास र आत्मामाथि नियन्त्रणपनि बढाउछिन् । पहिलो दिन पूजा हुने माँ शैलपुत्री र दोस्रो दिन पूजा हुने माँ ब्रम्हचारिणी भन्दा फरक रुपमा माँ चन्द्रघण्टाको पुजा हुन्छ ।माता चंद्रघंटा शेरमाथि सवार रहनु हुन्छ ।उहाँको दशवटै हातमा विभिन्न अस्त्र शस्त्रहरु रहेका छन् ।माताको टाउकोमा चन्द्रमा विराजमान रहेकाल उहाँको यो स्वरुप अत्यन्त सुन्दर रहेको छ ।चन्द्रमा टाउकोमा विराजमान रहेकै कारण उहाँको नाम चन्द्रघण्टा परेको छ । तेस्रो दिन मणिपुर चक्रलाई प्रबल बनाउन साधना गरिन्छ । मन, कर्म, वचन शुद्ध गरी पूजा गर्नेहरुको सबै पाप समाप्त हुने धार्मिक विश्वास छ । देवीको यो स्वरूप परम शांतिदायक र कल्याणकारी रहेको छ । त्यसैले भनिन्छ हामी निरन्तर उहाँका पवित्र विग्रहलाई ध्यानमा राखेर साधना गर्नु पर्छ । उहाँको ध्यान गर्नु हाम्रो जिवनकाल र परलोक दुवैका लागि कल्याणकारी र सद्गति दिने हुन् ।माताको निधारमा घण्टाको अधार जस्तै चन्द्र रहेको छ ।चन्द्रघण्टा माता कल्याणकारी र सुख प्रदायणी हुन् । माता चन्द्रघण्टाको रंग स्वर्ण झै अत्यन्त चम्किलो हो ।

दश हात भएकी माता चन्द्रघण्टाको सबै हातमा अस्त्र शस्त्र विभूषित छन् ।सिंहमाथि सवार माता चन्द्रघण्टाको घण्टीको ध्वनीले भयानक अत्याचारी राक्षत, दानव, दैत्य थर्कमान हुन्छ ।उहाँको घण्टाको आवाजले सन्त, ऋषीमुनी, देवी देउताहरुको आत्मविश्वास बढछ । तेस्रो दिन हुने पूजाको आप्mनै महत्व छ । माता चन्द्रघण्टाको कृपाले साधकहरुलाई अलौकिक वस्तुहरुको दर्शन हुन्छ ।दिव्य सुगन्धित अनुभूती हुन्छ ।कयौं किसिमका ध्वनीहरु सुनिन्छ ।यस्तो क्षणमा साधकहरुलाई अत्यन्त सावधान रहनु पर्छ ।माँ चन्द्रघण्टाको अराधनाल साधकहरुलाई वीरता, निर्भयता, सौम्यता र विनम्रताको विकास हुन्छ । त्यसकारण हामीले मन, वचन र कर्मले साथै जिउलाई विहित विधि–विधान अनुरुप परिशुद्ध– पवित्र गरी चंद्रघंटामाताको शरणागत भै उपासना– आराधना गर्नुपर्छ । विधिविधान पूर्वक साधनागर्दा सबै कष्टबाट मुक्ती पाउनुका साथै सहज ढंगले परम पदका अधिकार बन्न सकिन्छ ।माता चन्द्रघण्टा अत्यन्त कल्याणकारी हुन् ।

Comment


Related News

Latest News

Trending News