अपडेट 
२०७९ आश्विन १२, बुधबार ०७:०३

अहिले दशैँको उल्लास घरघरमा भित्रिएको छ । दशैँले सम्पूर्ण नेपालीलाई छोएको छ । कसैले फरक अर्थ लगाउलान् तर दशैँ एक दृष्टिकोणले सबै नेपालीको साझापर्व भएको छ । दशैँ नै यस्तो पर्व हो जुन समयमा नेपाल सरकारले सबैभन्दा लामो विदा दिन्छ । सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सबैभन्दा लामो विदाहुने समय यही हो । साथै विद्यालयहरुमापनि घटस्थापनादेखि पूर्णिमासम्म लामो औपचारिक विदा यसै समयमा हुन्छ । यो नै यस्तो पर्व हो जति बेला नेपाल सरकारले आफ्ना सबै किसिमका कर्मचारीलाई एक महिनाको तलब बराबर थप रकम चाडपर्व खर्च भनेर उपलब्ध गराउँछ । गैरसरकारी संस्थाहरुमा कार्यरत कर्मचारी तथा मजदुरहरुले पनि यही समयमा एक महिना बराबरको रकम चाडपर्व भत्ताभनेर प्राप्त गर्दछन् । यस दृष्टिकोणले करिब सबै कर्मचारीले यस समयलाई पर्खिरहेका हुन्छन् कि अरु समयभन्दा यस महिनामा अवश्य नै बढी रकम आउँछ । यस रकमको खर्च कसरी गर्ने भनेर पनि योजना बनाएका हुन्छन् । हरेक कर्मचारी, व्यापारी तथाअन्य क्षेत्रमालागेका मानिसहरु कम्तीमा दशैँमा आफ्नो घर पुगूँभनेर सोचिरहेका हुन्छन् । आफ्नो घर पुग्न र विभिन्न गाउँठाउँबाट यसरी घर आइपुगेकाहरुसित रमाइलो गर्न पाउनु आफैँमा एउटा संयोग हो । यसैले दशैँलाई सामाजिक मिलनको पर्व पनि भनिएको हो । कम्तीमा वर्षको एकपटक टिकाको दिन नै भएपनि परिवारका ज्येष्ठदेखि कनिष्ठ सदस्यसम्मको भेटघाट हुने भएकाले यसलाई पारिवारिक पर्व भनिएको हो । यद्यपि तराई मधेसमा भने दशैँको सांस्कृतिक परम्परा फरक रहेको छ तर पनिदशैको समयमा लामो छुटी हुने भएकोले घर परिवार, समाजका सदस्यहरु बाहिरबाट आई भेटघाट गर्ने चलन बसिसको छ । विद्यार्थी, कर्मचारी, व्यापारी तथा समाजसेवीहरुको सुन्दर संयोग गाउँमाहुँदा धेरैलाई बाल्यकालमा पुगेको अनुभूतिपनि गराउँछ यस दशैँले । गाउँमापनि रमाइलो ल्याएको हुन्छ । नेपालमा जहाँको मानिस भएपनि एकअर्काको चाडपर्व मान्ने प्रवृत्ति बढेको, सहयोग गर्ने वातावरणको विकास भएको तथा चाडपर्वसित आफ्नोपन गाँस्ने राम्रो संस्कारको विकास भएकोले यस पर्वमापनि करिब देशभर समानताको अनुभूति केहीहदसम्मगर्न सकिन्छ । दशैँमा टीका थाप्ने परम्परा मधेसका गाउँमापनि अब विकास भइसकेको छ । मुख्य गरी शिक्षित परिवारबाट यस परम्पराको विस्तार गाउँमा भइरहेको छ । जस्तोसुकै दूरदराजको गाउँ होओस्, दशैँमा गाउँमा आर्थिक चहलपहलमा वृद्धि हुन्छ ।

दशैँमा कर्मचारीको हातमा पैसा आउने र पैसा काममा लगाइने हुनाले पनिआर्थिक चहलपहलमा वृद्धि हुन्छ । र छठको बेलामा उच्चचलायमान हुन्छ । उत्कर्षको गतिमान छठ र होलीको समयमा हुन्छ । जबकि कस्तो विश्वास छ भने भदौ महिनामा सर्वसाधारणको हातमा पैसा हुँदैन । यसपटक त आर्थिक दृष्टिकोणले भदौ अन्य पेसाकर्मीकालागिपनि कमजोर देखिएको थियो । खासै कुनै व्यवसायमा उल्लास देखिएको थिएन । आर्थिक दृष्टिकोण सर्वत्र आशंका रहेको समयमा मध्य भदौसम्म खासै वर्षा नहुँदा धानकिसानमा भने निकै चिन्ता थियो । तर वर्षा भयो । धेरै वर्षा भएन । यति वर्षा भयो कि धानखेतीलाई केवल फाइदा होओस् । धेरै वर्षाभएको भए बाढी आउँथ्यो । सुख्खाले झन्डै बर्बाद हुनथालेको धानलाई बाढीले डुबाएपछि खत्तमहुन जान्थ्यो तर वर्षा हुनथालेपछि केहीदिनको अन्तरालमा धानको लागि उपयुक्तहुने गरी वर्षा भइरह्यो । यसको परिणाम यो देखियो किगदर जातिको बाहेक सरिहनजातिको धान केही अगाडि वा केही पछाडि रोपेको भएपनि सबैलाई राम्रो फाइदा भयो । यसको परिणति अहिले सरेहमा यस्तो देखिन्छ कि धान मुस्कुराइरहेको छ । अहिले धानको मुस्कान कस्तो छ भने मानौँ राती बादल लागेको आकाशलाई भनिरहेको छ कि तिमीमलाई हेर्न सक्दैनौ, यदि मलाई हेर्छौ भने तिमी मेरो सुन्दरताप्रति मोहित भइहाल्छौ र यदि बादल नलागेर आकाश सफा भएको रातभने यही धानले भनिरहेको छ कि तिमीमलाई ताराहरुको सहायताले हेर्न खोजिरहेका छौ । अहिले मलाई तल पानीले स्पर्श गरेको छ जसमा भर्खर तरुण बन्दै गरेका माछाहरुले मलाई भाउजू भनेर जिस्क्याइरहेका छन् । आकाशको बादलले मेरो रुपलाई देखेर मोहित भई मलाई बुँद बनेर आकाशबाट चुहिएर छुन खोजिरहेको छ । शीतल पवनले मलाई यताबाट उता र उताबाट यता जिस्क्याएर जान्छ । बाटो हिँड्ने अहिले जहाँसुकैको बटुवा होओस् अहिले मलाई लोभी नजरले नहेरी कोही बटुवा अगाडि बढ्न सक्दैन । धानले अहिले आप्mनो रुपमाथि घमन्ड किन नगरोस् । सबै आकर्षण त यसैमा रहेको छ । कसैले यसलाई मंसिरमा भकारीको रुपमा देखेका छन् त कसैले यसलाई थालको भातको रुपमा । अहिले विश्वव्यापी महँगी बढिरहेको वर्तमान सन्दर्भमा खेतमा हरियो मुस्कुराइरहेको धानले धेरैलाई ऋण तिर्ने सम्भावनालाई देखाइरहेको छ भने धेरैलाई महँगोमा गरेको खेतीलाई तथा धेरैले गर्मीमा गरेको दुःखलाई अहिलेको धानको सुन्दर रुपले शीतलता प्रदानगरिरहेको छ ।

अहिले धानखेती राम्रो हुने सम्भावना बढेर जाँदा दशैँमापनि यसको उल्लास थपिएको छ । स्वाभाविकहो, खुसी र सन्तुष्ट मनले उत्सव बढी मनाउन चाहन्छ । अहिले धानखेतीगर्ने किसानको मनमा उत्साह देखिएको छ र यस उत्साहको सकारात्मक प्रतिफल दशैँको उल्लासमा देखिएको छ । एकातिर कर्मचारीको हातमा रकमपुग्नु, अर्कोतिर कर्मचारी, विद्यार्थी तथा व्यावसायीहरु गाउँघरमा आइपुग्नु र अर्कोतिर किसानको खेतमा धानको उत्पादन हुने सम्भावना राम्रो हुनुले समाजमा खुसी, सन्तोष र उल्लास ल्याउनु स्वाभाविक हो । यही स्वाभाविकताले गर्दा दशैँको समयमा हाम्रो गाउँघर पनि उल्लसित भएको छ । गाउँमा दशैँ धेरै किसिमले गुञ्जिएको छ । एकथरि मानिस छन् जो परम्परागत किसिमले ग्रामदेवी भगवतीको शरणमा बिहान र बेलुका पुग्दछन् । भगवतीको पूजाअर्चना गर्दछन् तथा यही समूहका कतिपय मानिस भगतई गर्दछन् अर्थात् आफ्नै किसिमले तन्त्र साधना गर्दछन् । एकथरि मानिस यस्ता छन् जो घरमा जमरा राखेर पूजाआराधना गर्दछन् । कलश स्थापन घरमै गरेर दैनिक पूजापाठ गर्ने गर्दछन् । पण्डित वा पुजारीलाई घरमै बोलाएर पूजागर्ने वा गराउने यसथरिक ामानिस चाहिँ व्रतको समापनन हुञ्जेल फलाहार मात्र गर्दछन् वा नुन नभएको खानेकुरा मात्र खान्छन् । यस्ता साधकको संख्या हरेक वर्ष निरन्तर बढिरहेको छ । यसले गाउँमापनि दुर्गा भवानीको विधिविधान अनुसार पूजागर्ने गराउनेको संख्यामा वृद्धि भइरहेको देखिएको छ । एकथरि झन् यस्ता छन् जो गाउँमै वा नजिकको कुनै बजारमा दुर्गा भवानीको प्रतिमा निर्माण भई हुने सामूहिक तथा सार्वजनिक दुर्गापूजामा दैनिक साँझ र बिहान सहभागी हुन्छन् । दुर्गा भगवतीको पूजा र अर्चना गर्दछन् । आफूलाई धन्य मान्दछन् कि म पूजा र आरतीमा सहभागी हुन पाएँ । यसरी गाउँमा कम्तीमा तिन किसिमले दशैँलाई धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मान्ने किसिमका मानिसहरु छन् । सबैको मनमा दशैँप्रति श्रद्धा तथा दुर्गा भवानीप्रति आस्था रहेको छ । यस परम्पराले दशैँको महत्वलाई झन् बढाउँदै लगेको छ । दशैँलाई एकताको पर्व र राष्ट्रिय पर्वको रुपमा समाजमा स्थापितगर्दै लगेको छ । सामाजिकएकताको सन्देश पनिदशैले दिइरहेको यथार्थ नै हो ।

यद्यपि अहिले चुनावपनि आइरहेको छ । दशैँपछि छठ आउँदा चुनावले उत्कर्ष चर्चा पाइरहेको हुनेछ । यस वर्षका सबै ठूला पर्वहरु चुनावमय नै भएको पाएका छौँ । यदि चुनाव नहुँदो हो तै पनि दशैँको शुभकामना आदानप्रदानले निकै गतिलिइसक्थ्यो । अहिले पनि शुभकामना आदानप्रदान निकै भइरहेको छ । चाडपर्वका सहभागिता निकै बढेको छ । चुनावले दशैलाई प्रभावित पारेको देखिएको छैन । सबैले सबैलाई शुभकामना दिइरहेको देखिएको छ । सबैले सबैको शुभचिताएका छन् । अहिले मौसमपनि अनुकूल बनेको छ । गर्मी अब धेरै छैन र धेरै जाडो पनि आइसकेको छैन । यसले गर्दा दशैँको लागि जस्तो समय हुनुपर्ने हो, त्यस्तो भएको छ । यस पवित्र पर्वमा सबैको मनमा पवित्रताको बास रहेको विश्वास गरिएको । यस पवित्रताको भावले समाजमा र देशमा पवित्र भावको सञ्चरण गर्ने विश्वास लिन सकिन्छ । यही नै सबैमा शुभकामना छ ।

Comment


Related News

Latest News

Trending News