अपडेट 
२०७९ आश्विन १३, बिहीबार १७:०४

वीरगन्ज स्थित नारायणी अस्पतालले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सन्चालनमा ल्याएको छ । बिरामीे उपचारको क्रममा प्रयोग गरिने जोखीमयुक्त मेडिकेटेड वस्तुहरुलाई वैज्ञानिक रुपमा व्यवस्थापनका लागि अस्पतालले उक्त फोहोर व्यवस्थापन केन्द्र सन्चालनमा ल्याएको हो ।

अस्पताल परिसरमै जडान गरिएको उपकरण सहितको उक्तकेन्द्रलाई बिहीबार एक कार्यक्रम बिच उद्घघाटन गरिएको छ । युएनडिपीको आर्थिक सहयोगमा नारायणी अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिएको अस्पतालका निमितमेडिकल सुपरिटेन्डेन्ट बिरेन्द्र प्रधानले बताउनु भयो । केन्द्र निर्माणका लागि युएनडिपीले ११ करोड ९७ लाख रुपैया आर्थिक सहयोग गरेको निमित्त मेसु प्रधानले जानकारी दिए ।

अस्पतालबाट दैनिक १७० केजीको हाराकारीमा स्वास्थ्यजन्य फोहोर बस्तुहरु संकलन गरिने गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । केन्द्रमा जडान गरिएको मेशीनबाट प्रतिघण्टा ५० केजी स्वास्थ्यजन्य फोहोर वस्तु प्रशोधन गरि निर्मुल पार्ने व्यवस्था रहेको छ । अहिलेसम्म अस्पतालबाट निस्किने स्वास्थ्यजन्य फोहोर वस्तु , अस्पताल परिसरकै खाली जग्गामा फालिने गरिएको थियो ।जसले गर्दा उक्त क्षेत्रमा प्रदुषण फैलने कारणले गर्दा स्थनियहरुको स्थावास्थ्यमा नाकारात्मक असरहरु पुर्याउदै आएको थियो । यसले अस्पताल र आसपासका क्षेत्रमा वातावरणीय प्रदुषण पनि नहुने अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले बताए बिहीबार देखि सन्चालनमा ल्याइएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन युएनडिपी नेपालका क्षेत्रीय निर्देशक बर्नाडो कोको ले गरेका हुन् ।

अस्पतालका निमित्त मेसु प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्र्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्याय , अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल , मधेस विश्वविधालयका प्राध्यापक डाक्टर दिपक शाक्य , स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह , नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल , पर्साका प्रहरी उपरिक्षाक रमेश बस्नेत लगायतको पनि उपस्थिती थियो ।

Comment


Related News

Latest News

Trending News