अपडेट 
२०७९ आश्विन १४, शुक्रबार १४:३२

शुक्रबार थप दुई सय रुपैयाँले सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप दुई सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News