२०७९ आश्विन १५, शनिबार ०८:०९

बज्जिका साहित्य संगमको सातौँ वार्षिकोत्सवको अवसरमा बज्जिका भाषाका दुई पत्रिकाको लोकार्पण गरिएको छ । नेपालमा बज्जिका भाषाको पहिलो साहित्यिक पत्रिका बज्जिकार्पणको छब्बीसौँ र सर्लाहीबाट प्रकाशित पहिलो साहित्यिक त्रैमासिक बज्जिकाको सातौँ अंकको गरुडा नगरपालिकाका प्रमुख कन्थमनि प्रसाद कलवार, पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर कुमार सिन्हा, पूर्व जिल्ला शिक्षा अधिकारी बालदेव प्रसाद साह तथा मलंगवाका साहित्यकार रामचन्द्र महतो कुशवाहाले संयुक्त रुपले पत्रिकाको लोकार्पण गरेका छन् । सो अवसरमा नगर प्रमुख कलवारले मातृभाषा बज्जिकालाई चिनाउन बज्जिका साहित्य संगम र साहित्यिक पत्रिकाहरुले ठूलो भूमिका निर्वाह गरेको चर्चा गरे ।

कार्यक्रममा बज्जिका समृद्धि समाज सर्लाहीका अध्यक्ष जियालाल राय यादव, नवसर्जक साहित्य चौतारी मधेश प्रदेशकी अध्यक्ष रुबि गुप्ता, नेपाल साहित्यिक पत्रकार संघ मधेश प्रदेशका अध्यक्ष सञ्जय साह मित्र, साहित्यकार विन्दा साहनी, मनमोहन सिंह मनोहर, विपिनबिहारी सिंह, नेपाल चलचित्र कलाकार संघको मधेश प्रदेश अध्यक्ष विजय यादव निर्बिज, साहित्यकार ममताज राय भाट, गायक कुमार चन्दन, रवीन्द्र पटेलसहित दर्जनौ भाषा तथा साहित्यानुरागीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बज्जिका साहित्य संगमलाई विशिष्ट सहयोग गरेवापत पर्साका समाजसेवी बालदेव प्रसाद साहलाई प्रशंसापत्रले सम्मानित गरिएको थियो । यसै गरी झिझिया गीत प्रस्तुत गर्ने कलाकारहरुलाई नगर प्रमुख कलवारले नगद तथा गमछा ओढाएर सम्मानित गरेका थिए ।

Comment

Related News

Latest News

Trending News