अपडेट 
२०७९ आश्विन १६, आईतवार ०८:०४

प्रागैतिहासिक युग देखि नै सभ्यताको विकासको साथै देवी देवताहरको कल्पना गरिएको थियो । त्यसैको साथ मातृशक्तिको कल्पना पनि गरिएको थियो । सभ्यताको आदिकालमा पनि मातृशक्ति प्राथमिकतामा थियो र त्यसको उपासना र आराधना दिन चर्या बन्दै गयो । मानव आफ्नो संकटको बखत देवी देवतालाई गुहारदै आफ्नो सुरक्षा देवी देवताको आराधनामा पाएको थियो । रामायण होस किंवा महाभारत विजय पाउन आदि शक्ति मातृशक्तिको उपासना गरिदै गरिएको बुझिन्छ । महाभारतको कालमा पनि पाण्डवहरु शक्तिको उपासना गरी महाभारतको युद्धमा विजय पाउनु भएको थियो अनि राम पनि महाशक्तिको उपासना गरी रावण माथि विजय पाउनु भएको थियो । अद्र्धनारीश्वर भगवान शिवशक्तिको विना शव तुल्य रहनु हुन्छ । यसै कारणले हिन्दू संस्कृतिमा विष्णुको सँग लक्ष्मी, रामको साथ सीता, शिवको साथ पार्वती र ब्रह्माको साथ सरस्वतीको विधान गरिएको छ । देवासुर संग्राममा शक्तिको उपासना गरी देवताहरु दानव माथि विजय प्राप्त गरेका थिए ।

रामायण कालमा पनि रावण पुत्र मेघनाद आफनी गृह देवीको आराधना गरी विजय पाउने महात्वाकांक्षाले उपासना अर्चना गरेका थिए र त्यो उपासना अर्चना सफल भएको भए उसको विजय निश्चित थियो तर यस कुराको हनुमानलाई जानकारी प्राप्त भएपछि त्यसलाई ध्वंश गरी दिनुभयो र यसबाट रावणको वंशलाई नष्ट हुने समभव भयो । यसै शक्तिको आराधनाको लागि विजयादशी मनाइने गरिएको छ । यसलाई नवरात्र पनि भन्ने गरिएको छ । यसको कारण यो हो कि यसमा नौवटा देवहिरुको उपासना गरिन्छ र यसैलाई नवरात्र पनि भनिन्छ । यी महादेवीहरुमा प्रथम महादेवीको नाम शैलपुत्री छ भने दोश्रो ब्रह्मचारिणी हुन । तेश्रो चन्द्रघण्टा नामले प्रसिद्ध छन भने चौथो कुश्माण्डा हुन र पाँचौ स्कंदमाता कहलाउछिन र छैठो कात्यायनी सातौं कालरात्री हुन । आठौं महागौरी हुन भने नवौं सिद्धिदात्री नामले प्रसिद्ध छिन । यिनीहरुलाई प्रत्येक दिन उपासना अर्चना गर्ने भिन्न भिन्न विधान रहेको छ । यी नवौं महादेवीहरुको उत्पति विभिन्न कारणले असत्य माथि सत्यको विजयकोलागि दानव माथि देवताहरुले विजय प्राप्त गर्न अर्थात आसुरी शक्ति माथि दैवी शक्तिको विजयको लागि मानिएको छ । आदि शक्तिलाई जहाँ विजय प्रदायिनी भनिएको छ उनी मातृशक्तिको रुपमा पनि पूजित छिन । (मातृ रुपेण संरस्थिता) मानव सभ्यताको आदिकालमा भनौ भने देवीहरुको कल्पना मातृशक्तिको रुपमा प्रमुख रुपमा प्रतिष्ठा पाएकी देखिन्छ । प्रत्येक देवीलाई आमा अथवा माँ भनेर सम्बोधन गरिन्छ । विश्वका अन्य भागहरुमा पनि यस परम्पराको विकास रहेको देखिन्छ । अष्ट्रियाको बेलोन्डार्पm र फ्रान्सको लसेलको चित्रांकन जो इशा पूर्व २५००० का छन देवी भेनसको चित्र अंकित छ ।

दुवै चित्रहरु नांगो देखाइउको छ जो मातृशक्तिको प्रतीक हो । यिनीहरुलाई जनमदायिनी देवीको रुपमा पुजित रहेकी पाइन्छ । मेसोपोटामिया जो वर्तमान इराकको मध्यमा थियो त्यस ठाउँको सम्भयता विश्वको प्राचीनतम सभ्यताहरुमा मानिएको छ । यो युफ्रेटस र टीग्रसि नदीको बीचमा परद थियो , यस ठाउँकी देवी अनन्ना थिइन जो त्यहाँ अत्यन्त आदरणीय एवं पूजित थिइन । उनी हामीहरु की दुर्गा सदृश थिइन र सुमेरहरुद्वारा बज्रघाती, आ्रँधी बेर्री, संध्या र विहानको साथै प्रलयंकारी डराबना देवी मानिएकी थिइन । सुमेरहरु उनलाइृ विजय की देवी पनि मान्ने गरेका थिए । यिनी पनि मातृशक्ति (न्यममभकक या ँभचतष्ष्तिथ) रुपमा समादृत थिइन । मेसोपोटामिया सदृश प्राचीन मिश्रमा पनि देवी देवताहरुलाई पूजने प्रथा थियो । यस ठाउँमा मात (ःबबत) सत्यकी देवी मानिएकी थिइन र राजाहरु पनि उनकै आदेश मानेर शासन व्यस्था गर्दथे । मिश्रमा मातृशक्तिको रुपमा देवी आइसिस (क्ष्कष्क) पनि प्रतिष्ठित थिइन । त्यस्तै रामायणमा स्वर्णमृग र सीताहरणका प्रसंग छ राम र लक्ष्मण आश्रममा हुँदा सीताको हरण हुन सक्दैन थियो मारीचलाई स्वर्ण मृगको रुपमा रावणद्वारा पठाइएइको थियो । महिलाहरु स्वभाविक रुपमा स्वर्ण देखेपछि त्यस तर्पm आकर्षित हुन्छिन, त्यो व्यवहार आजको महिलाहरुमा विध्यमान देखिन्छ । यसै कारणले होला रावणले यो चाल रचेको हुन सक्छ । तर मारिचले रावणको आदेश मान्नु भन्दा पूर्व नै भनेको थियो– लालदासको “रमेश्वर चरित मिथिला रामायण’ मा यसरी उल्लेख भएको छ मारीचको कथन– “थिकथि स्वयं नारायण राम लक्ष्मी त्रिगुण सीता वाम तनिक अनिष्ट मनहु जनि करिय जौ निश्चिर कुल कुशल विचारिय ।” पंचवटीमा मारीचको स्वर्ण मृगको रुपमा आउनु भन्नु लंकाको विनाशको वातावरण तैयार हुनु हो । महादेवी सीतालाई रावणले हरण गरी लंका लै जान्छ ।

महादेवी सीता लंका प्रवेश गर्छिन र लंकाको र रावणको वंशको विनाश प्रारम्भ हुन्छ । यो कुरा रावण की रानी मन्दोदरीले पनि रावणलाई सम्झाउँदा भनेकी थिइन कि सीताको लंकामा प्रवेश लंका र रावण वंशको विनाशको प्रारम्भ गरेको छ जो रावणको व.शको अन्तसम्म चल्छ त्यसैले सीतालाई फर्काइदेउ । महादेवी, महाशक्ति स्वरुपा सीताको लंकामा प्रवेश विना राक्षस कुलको नाश सम्भव थिएन र त्यसैले सतिाको प्रवेश लंकामा हुन्छ । यही नै हो नारी शक्तिमा मातृशक्तिमा अपराजेय शक्तिको स्वरुप । त्यसैले यस शक्तिको पूजाको उपासनाको परम्परा विश्वभरी नै प्रचलित रहेको छ ।

Comment


Related News

Latest News

Trending News