२०७९ आश्विन १७, सोमबार ०७:२२

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा सम्पन्न भएको प्रथम मधेश प्रदेश पुरुष भलिबलको उपाधि धनुषाले जितेको छ ।

घारिबथान स्थित वडा कार्यालयको खेल मैदानमा भएको फाइनल भीडन्तमा सर्लाहीलाई ३–० को सोझो सेटमा पराजित गर्दै धनुषा विजेता बनेको हो । जितसँगै धनुषाले एक लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपविजेता सर्लाहीले भने ७५ हजारमा चित्त बुझाएको छ । त्यस्तै, बारालाई ३–० को सोझो सेटमा पराजित गरी तेस्रो भएको महोत्तरीले २५ हजार हात पारेको छ । प्रतियोगिताको विजेता, उपविजेता, तेस्रो भएको टिम र उत्कृष्ट खेलाडीलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, कालिन्जोरका वडाध्यक्ष देवी बहादुर खत्री, आयोजक कालिन्जोर युवा समूहका अध्यक्ष सुवास खड्का लगायत भएर पुरस्कार वितरण गरिएको प्रतियोगिताको आर्थिक समितिका संयोजक भिम खड्काले जानकारी दिए । जिल्लाको उत्तर पूर्वी चुरेभेगमा पर्ने कालिन्जोरका युवाले सहयोग संकलन गरेर पहिलो पटक प्रदेशका आठै जिल्लाको टिमलाई सहभागी गराइ भलिबल प्रतियोगिता सम्पन्न गराएका छन् ।

Comment

Related News

Latest News

Trending News