२०७९ आश्विन १७, सोमबार ०७:२५
धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित सुरेश सर्राफले सञ्चालन गरेको पेट्रोल पम्पको स्टोरमा आगलागी भएको छ ।
पाइपबाट पेट्रोल लिक भएर आगलागी भएको बताइएको छ । आगलागीले कुनै मानविय क्षति नभएको र आर्थिक नोक्सान भएको बारे विवरण संकलन कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीको अनुसार करिव एक घण्टापछि आगो नियन्त्रण भएको थियो । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=RA0hp9D5Ens

