२०७९ आश्विन १८, मंगलवार ०९:०५

जनकपुरधाममा भीषण आगलागी भएको छ । जनकपुरधामस्थित कदम चोकमा रहेको हेलमट पसलबाट सोमबार राति सुरु भएको आगोले सँगै रहेका तीनघरमा समेत क्षति पुगेको हो ।

आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । आगलागीमाधनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । यादव उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ । आगलागीको कारण र कतिको नोकसान भयो भनि अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=0r1UOS9FLY0

Comment


Related News

Latest News

Trending News