अपडेट 
२०७९ आश्विन २२, शनिबार ११:१७

भारतको महाराष्ट्रमा आज शनिवार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ११ जनाको ज्यान गएको छ । बसमा रहेका अन्य ३८ जना यात्रु घाइते भएका छन् ।

महाराष्ट्रको नासिक सहर र औरंगाबाद सडक खण्डअन्तर्गत नंदूरनाका क्षेत्रमा बसमा आगो लागेको भारतीय प्रहरीले पुष्टि गरेको छ । बसले ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । घाइतेहरूको नासिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच महाराष्ट्रका मुख्यमन्त्रीले यस घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच भारु क्षतिपूर्ति दिने घाेषणा गर्नुभएकाे नासिकका संरक्षक मन्त्री दादा भुसेले जानकारी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News