२०७९ आश्विन २३, आईतवार ०६:५३

लागूऔषधसहित रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

मौलापुरबाट काठमाण्डु जानको लागि गौर नगरपालिका वड़ा नम्बर ४ स्थित बस पार्कमा आएको यात्रु बाहक बस बाट प्रहरीले ६ हजार २ सय ७५ थान लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सह चालक मौलापुर नगरपालिका वड़ा नम्बर ६ पथराका भाग्य नारायण साह र सामान लोड गर्ने मौलापुर ६ का २९ बर्षीय मौजेलाल यादव रहेका छन् । चामलको बोरामा लुकाएर राखिएको अवस्थामा ना ८ ख ४७१८ नम्बर भएको सुशील डिलक्स बसको डिकीबाट डाइजोपाम एम्पुल ५७५ थान , फेनारगन ५७५ थान एम्पुल , नूरफीन ५७५ थान एम्पुल र नाइट्रोभेट ट्यबलेट ४ हजार ५ सय ५० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । लागूऔषध सहित पक्राउ परेका दुबै जनालाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिएका छन ।

Comment


Related News

Latest News

Trending News