अपडेट 
२०७९ आश्विन २३, आईतवार ०७:१२

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएपछि दुई सशक्त गठबन्धनबीच प्रतिस्पर्धा हुने भएकाले आउँदो निर्वाचन रोमाञ्चक हुने सम्भावना छ । जनता समाजवादी पार्टी (जसपा)ले नेकपा कम्युनिष्ट पार्टी (एमाले)सँग चुनावी तालमेल गरेको छ । ति दुव्ै पार्टी १४ जिल्लाअन्तर्गत पर्ने प्रतिनिधिसभा सदस्यको ३५ सिटमा एमाले र जसपाले १७ सिट पाउने भएका छन् । प्रदेशतर्फ एमाले ७० र जसपाले ४२ सिट पाउने निर्णय भएको छ भने धनुषा–२, महोत्तरी–२, रौंतहट–१, बारा–३ र रुपेन्देही–५मा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर ओली र उपेन्द्र यादवबीच सहमति भएको हो । सत्ता गठबन्धनसँग सिट सङ्ख्यामा तालमेल नहुँदा जसपा गठबन्धनबाट बाहिरिएको हो । हुन त, गठबन्धनले १६ सिट दिन तयार थियो भने जसपाले २५ सिट माग गरेको चर्चा छ । काँग्रेसले मधेशमा आफ्नो बढी पकड रहेको भनेर स्थानीय निकायमा समेत पुष्टि भइसकेको अवस्थामा बढी सिट खोजेको थियो । अर्कोतर्फ, काँग्रेससँग तालमेल गर्दा मधेशमा जनमत खुस्किन भयले जनता समाजवादी पार्टीले तराईमा काँग्रेससँग तालमेल गरी चुनावमा सहभागी हुन चाहदैन्थ्यो । जसपा जहिलेपनि मधेशमा काँग्रेस कमजोर होस् भनि सोचाई राख्छन । काँग्रेस वलियो भयो भने जसपाको जनाधार घट्ने प्रवल सम्भावना रहन्छ । मधेश आन्दोलनअघि उपेन्द्र यादवको तत्कालीन मधेशी जनअधिकार फोरम मञ्चको त्यति प्रभाव थिएन । मधेश आन्दोलनले उग्रता लिएपछि मधेशका अधिकांस काँग्रेसका नेता, कार्यकर्ता र मतदाताहरु उपेन्द्र यादवसँग नजकिएको थियो । अहिलेपनि मधेशका प्रजातान्त्रिक विचारधाराका मतदाताहरुले काँग्रेस र मधेशकेन्द्रीत दलको उम्मेद् वारबीच मतदान गर्ने बेला मत उलटपुलट गर्ने गर्छन् । समग्रमा भन्नुपर्दा, दुवै पार्टीबीच राम्रा उम्मेद्वारले बढी मत तान्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा काँग्रेससँग दूरी बढाउने कदम राजनीतिक दृष्टिकोणले उपेन्द्र यादवको लागि फाइदाजनक देखिएपनि व्वहारिक रुपमा यसलाई उचित मान्न नसकिने वास्तविकता पनि छ । विहारका मुख्यमन्त्री नीतीश कुमार सातपटक मुख्य बने । कहिले लालुको समर्थनबाट कहिले भाजपाको समर्थनबाट आपूm मुख्यमन्त्री पदमा विराजमान भइरह्यो । यतिखेर, भारतका नीतीशलाई पल्टुराम भन्न थालिएको छ । पदका लागि पल्टुरामको संज्ञाबाट बच्नका लागि राजनीतिक कुनै व्यापार होइन भन्ने हेक्का सवै नेताहरुलाई राख्नुपर्ने हुन्छ । जसपा र एमालेबीचको सिट तालमेलबाट कुन दललाई कति फाईदा वा वेफाईदा पु¥याउँछ, त्यो त निर्वाचनको परिणामबाट मात्र थाहा पाउन सकिन्छ । तत्कालका लागि सत्ता गठबन्धनलाई नराम्ररी झ्डका लागेको देखिन्छ । तर, जसपा अलग भएपछि अधिकांस ठाउँमा काँग्रेसको अवस्था वलियो हुने सम्भावनालाई नकार्न नसकिने कारण पनि छ । यसको महत्वपूर्ण कारणमा जहाँ एमाले धेरै कमजोर छ, त्यहाँ जसपाको उम्मेद्वार हुनेछ । जसपालाई धेरै बढी लाभ हुनेछ सोच्नु नै गलत हो । अर्कोतर्फ, एमाले बलियो छ, जसपापनि ठीकठाक अवस्थामा छ ।

त्यहाँ एमालेको उम्मेद्वार छ भने उनको जित्ने सम्भावना प्रवल रहन्छ । यो सैद्धान्तिक कुरा भयो, मतदानमा त्यस्तो हुँदैन् । प्रजातान्त्रिक पार्टीको मतमाथि पार्टीकोृ खासै पकड हुँदैन् । जसपाका कतिपय मतदाताले एमालेमा मतदान गर्न नचाहेको खण्डमा प्रत्यक्ष रुपमा काँग्रेसलाई फाईदा पुग्नेछ । केन्द्रीयस्तरको सहमतिलाई तल्लोस्तरको कार्यकर्ता र मतदाताले कुन रुपमा ग्रहण गर्छन, त्यो विषय नै महत्वपूर्ण हो । उपेन्द्र यादवले विगत तीन बर्ष केपि ओलीप्रति सत्तोसरापको बर्षा नै गरेका थिए । सत्तोसरापलाई विर्सेर केपि ओलीले यादवसँग सिटको तालमेल गरेका छन् । केपि ओलीलाई उदारवादी र उपेन्द्र यादवलाई अवसरवादी नेताको रुपमा सम्झनु पर्दछ । किनभने, यत्रो गाली सुनेरपनि ओलीले यादवसँग हातेमालो गरेको छ । यादवले मधेश आन्दोलन, संसद विघटन र नागरिकता विधेयकमा ओलीको प्रति गरेको कटाक्षका साथै अव कहिँलेपनि ओलीसँग राजनीतिक सम्बन्ध नरहने घोषणा गर्नु भएको थियो । हिजोसम्म ओली धेरै गलत व्यक्ति थियो भने एकाएक ओली असल व्यक्ति कसरी भयो ? तपाईको विचारमा पवरिवर्तन किन भयो भनेर जनताले जवाफ माग्नेछन् । अहिलेको राजनीतिक परिदृष्यलाई हेर्दा केपि ओली एक कुशल कुटनीतिज्ञ एवम् आकर्षक व्यक्ति रहेको प्रमाणित भएको छ । उपेन्द्र यादव मात्रै होइन कि प्रचण्डसँग पनि ओलीले तालमेल गर्न खोजेको भए सफल हुन्थ्यो । अहिले सत्ता गठबन्धनबाट जसपालाई अलग्गियाउन ओली सफल भएको छ । निर्वाचनपछि, अहिलेको तालमेलमा उलटफेर हुनेछ । किनभने, एकले अर्कामाथि आरोप ्रत्यारोप गर्दै जुन पार्टीले मन्त्रीको सङ्ख्या बढी दिनेछ, उतैतिर लम्किनमा नेताहरुले अलिकति पनि ढिलो गर्दैनन् ।

मधेशमा गठबन्धनको असर कस्तो पर्छ ?

एमाले र जसपाबीच चुनावी तालमेल भयो । यसको सकारात्मक वा नकारात्मक प्रभाव मधेशी जनतामा कुन रुपमा पर्नेछ भन्ने विषयनै महत्वपूर्ण हो । तर, यो तालमेलले गर्दा ओली पक्ष उत्साहित छन् । उत्साहित हुनुको मुख्य तीन कारण देखिन्छ । पहिलो सत्ता गठबन्धनमा फुट, दोश्रो मधेश प्रदेशमा सिट सङ्ख्यामा बृद्धि हुने विश्वास र तेस्रो जसपाको समर्थन पाएपछि राष्ट्रियस्तरमा प्रभाव बढ्ने विश्वास । हुन त मधेशको निर्वाचनमा पार्टीभन्दा जातपातको प्रभाव अलि बढी नै देखिन्छ । मतदाता तुलनात्मक रुपमा अलि सजग पनि भएका छन् । जातीय प्रभाव बढाउनमा दलहरुकै मुख्य भूमिका पनि छ । जुन जातको जनसङ्ख्या बढी छ भने त्यो जातको आर्थिक रुपले सम्पन्न र प्रभावशाली व्यक्ति खोजेर उम्मेद्वार बनाउने गरिन्छ । अवकासप्राप्त इन्जिनियर, डाक्टर, कर्मचारी, उद्योगपति अर्थात धनाढय व्यक्तिलाई उम्मेद्वार बनाउने गर्छन् । त्यसमध्ये राम्रा उम्मेद्वारको जित्ने सम्भावना प्रवल रहन्छ । यसपल्टको निर्वाचनमा जातीय प्रभावले मतदातामा खासै असर पर्ने सम्भावना छ, जस्तो लाग्दैन् । यसो हेर्दा, जसपा र एमालेबीचको तालमेलले काँग्रेसको सिट घट्ने सोचाइ हुन सक्छन् । तर, कथङ्कदाचित मतदातालाई सो तालमेल मन पराएन भने काँग्रेस अत्यधिक ठाउँमा जित्नेछ । जसपाको मत काँग्रेसतर्फ जाने सम्भावना पनि छ । अव, मतदातामाथि दवाव बनाउन अवस्था छैन् । सत्तारुढ दलको गठबन्धनलाई छोडेर एमालेसँग जसपाको तालमेलप्रति कतिपय व्यक्ति आश्चर्यचकित पनि छन् । तर, एउटा कुरा निश्चित छ, नेकपा(एमाले) बढी लाभान्वित हुनेछ । काँग्रेसको मधेशमा राम्रो पकड छ । त्यो स्थानीय निकायको निर्वाचनबाट पुष्टिपनि भएको छ । यस्तो अवस्थामा जसपाले मागेबमोजिम सिट काँग्रेसले दिन नसक्ने स्पष्ट नै थियो । काँग्रेसले दिन खोजेको भएपनि जसपाले कुनै न कुनै बहाना बनाएर सत्ता गठबन्धन अलग हुन्थ्यो । किनकी, जसपाको जनाधार मधेश नै हो । मधेशमा काँग्रेस बलियो भयो भने सवैभन्दा बढी घाटा जसपालाई हुनेछ । मधेश आन्दोलनको समयमा अधिकांस काँग्रेस विचारधाराका व्यक्ति तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । मधेशकेन्द्रीत दलहरुले केपि ओलीलाई जहिलेपनि मधेश विरोधी नेताको रुपमा चित्रण गर्दथ्यो । त्यसता चित्रण गर्ने नेतामा जसपाका अध्यक्ष

उपेन्द्र यादव नै अग्रपक्तिमा हुनुहुन्थ्यो । जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि मधेशीकेन्द्रीत दलहरुको ओलीप्रति आरोप मात्र राजनीतिक लाभ लिनका लागि थियो भने पुष्टि भयो । २०७४ सालको निर्वाचनपछि उपेन्द्र यादव ओलीको सरकारमा सहभागी भएका थिए । एक बर्षपछि सम्बन्ध विग्रन थालेपछि यादवले मन्त्रिमण्डलबाट राजीनामा गरेका थिए । एमालेको विभाजनपश्चात केपी ओलीको नेतृत्वलाई समर्थन गर्दै मधेशकेन्द्रीत दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएका थिए । मधेश आन्दोलनदेखि लिएर २०७४को निर्वाचनसम्म ओलीलाई तथानाम गाली गर्ने मधेशका मसिहा उपेन्द्र यादव, ह्रिदेश त्रिपाठी र राजेन्द्र महतोहरुलाई मन्त्रीको पद पाउनका लागि ओलीकै शरणमा पुग्नुपरेको कटुसत्यलाई स्विकार गर्नेपर्छ । भनिन्छ, राजनीतिमा न कोही स्थायी मित्र हुन्छ न शत्रु । स्वार्थ मिल्नासाथ नेताहरु एकापसमा मिल्ने गर्छन् । अनि, नेताको स्वार्थका लागि कार्यकर्ताहरु आपसमा किन भिड्ने ? अनाहकमा आन्दोलन किन गर्ने ? यी कुराहरुलाई सम्झनु पर्छ । आन्दोलनबाट नेताको स्वार्थ पुरा भएको छ । जनताको अवस्थामा खासै सुधार आएको छ, जस्तो लाग्दैन् । डा. बावुराम भट्टराई अहिले ‘न घरको न घाटको’ अवस्थामा पुग्नु भएको छ । उहाँ निर्वाचनमा गोरखा–२बाट नउठ्ने घोषणा गर्नुभयो । नयाँ शक्ति पार्टीको अध्यक्ष भएर आफ्नै गृह जिल्ला गोरखाको क्षेत्र नं–२बाट चुनाव जित्नका लागि काँग्रेसको समर्थन लिनु परेको थियो । दुई बर्ष नवित्दै काँग्रेसको गुण विर्सेर काँग्रेसलाई ‘म्यूजियम’मा राख्नुपर्ने भनेर कटाक्ष गर्न थाल्यो । अवस्था अहिले यस्तो आफैं म्यूजियममा पुग्न लागेका छन् । त्यसैले बढी अहङ् कार गर्नु हुँदैन् । आउँदो मङ्सिर ४ गते प्रतिनिधिसभाको निर्वाचनको परिणाम जे भएपनि पुनः मुलुकमा गठबन्धनकै सरकार बन्ने लगभग पक्का नै छ । किनकी, कुनै दललाई आफ्नै बलबुत्तामा सरकार गठन गर्नका लागि प्रत्यक्ष तर्फ करिव दुई तिहाईको हाराहारीमा जित्नु पर्छ । त्यसपछि, समानुपातिकतर्फ राम्रो मतप्राप्त भएको अवस्थामा बहुमतको सरकार बन्ने छ । यसो हेर्दा, कुनैपनि दलमा हाल त्यति सामथ्र्य छ, जस्तो लाग्दैन् । काँग्रेस र एमालेमध्ये कुनै एक दल ठूलो पार्टी बन्ने छन् । त्यसपछि, सरकार गठनका लागि दलहरुबीच गठबन्धनको प्रयास हुनेछ । जुन किसिमको नेताहरुको राजनीतिक चरित्र छ, त्यसअनुरुप, दुवै गठबन्धनबाट कुन दलले खेमा परिवर्तन गर्ने ठेगान छैन् । ‘इतिश्री

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News