प्रतिनिधि र प्रदेश सभाको मंसिर ४ गते हुने निर्वाचनका लागि आइतवार भएको मनोनयन दर्तामा धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुली महतोको‘ जलवा’ ले विपक्षी दलहरुलाई प्रारम्भ मै धक्का दिएको छ ।
उनी प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी छन् । सुर्य छापको तुल र झण्डाले निर्वाचन क्षेत्र नम्बर ३ झक्किझक्काउ भएको छ ।उम्मेदवार दर्ता गर्ने क्रममा महतोले गरेको ‘रोड शो’ प्रभावशाली रहेको प्रत्यक्षदर्शीहरुको टिप्पणी छ । जनता समाजवादी पार्टी (जसपा)सित एमालेको गठबन्धन रहे पनि छाता ओझेलमा परेको थियो । महतोका श्रीमान् रघुवीर महासेठ धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।धनुषामा हेमबहादुर मल्लको अवतरण हुन थालेको हावाले गति लिए महतोलाई समस्या पर्नु बाहेक उनलाई चुनौती दिन सक्ने उम्मेदवारले धेरै ताकत लगाउनु पर्ने स्थानीयहरुको कथन छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार अनिल कुमार झा रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा स्थान नपाएर आएका हुन् ।गठबन्धनबाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी दिएपछि झा धनुषाको ३ बाट उम्मेदवार भएका छन् । सो क्षेत्रबाट गत चुनाव जितेका राजेन्द्र महतो पनि सोही पार्टीका नेता हुन् ।अयातित उम्मेदवारलाई जिताए निवर्तमान सांसद राजेन्द्र महतो जस्तै हुने चिन्ता मतदाताहरुले व्यक्त गर्न थालेका छन् ।तर प्रदेश क बाट गठबन्धनका उम्मेदवार रामसरोज यादव सशक्त देखिएका छन् । ख मा कांग्रेसका हरिशंकर साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।एमालेले युवा व्यवसायी एवं समाजसेवी दीपेन्द्र ठाकुरलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर ३ मा महतोको चर्चा रहे पनि क्षेत्र नम्बर ४ मा कांग्रेस भारी देखिएको हो । उम्मेदवारी दर्ताको क्रममा गरिएको जनप्रदर्शनमा कांग्रेस गठबन्धन एमाले र जसपाको भन्दा भारी देखिएको थियो ।
एमालेका नेता महासेठले पत्नी जुलीको जस्तो चर्चा बटुल्न सकेनन् ।जसपाको प्रदेश र क्षेत्रीय समिति नै कांग्रेसमा समाहित भएको प्रभाव उम्मेदवारी दर्तामा परेको थियो । निर्वाचन क्षेत्र नम्बर २ मा जसपाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार गंगाराम यादवले भीड जुटाएका थिए ।त्यस क्षेत्रमा गठबन्धन रहेको छैन् ।सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामकृष्ण यादव र नेकपा एसका रामचन्द्र झाले प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।एमालेबाट उमाशंकर अरगडिया उम्मेदवार बनेका छन् । एमालेले दुबै प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएको छ । जसपाले पनि सोही अनुसार उम्मेदवार उठाएको छ । समाजसेवी एवं गंगाआरतीका संस्थापक राम अशिष यादव जसपाबाट पूनःप्रदेश ख मा उम्मेदवार बनेका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता मातृका यादव पूनः उम्मेदवारी दिएका छन् ।उनको उम्मेदवारीमा भारी भीड रहेपनि ‘सादगी’ थियो ।त्यहाँ जसपाबाट दीपक कार्की प्रतिनिधि सभामा र एमालेका रामचन्द्र मण्डल प्रदेश सभामा उम्मेदवार बनेका छन् ।एमाले परित्याग गरी तत्कालै जनमत पार्टीको टिकटबाट किशोरी साहले पनि प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=R9LPU7poSSo

