अपडेट 
२०७९ आश्विन २५, मंगलवार १४:१०

त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छन् । शनिबार अस्पताल भर्ना भएकी राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण देखिएको थियो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था समान्य भएपछि मंगलबार बिहान १२ बजेर ४५ मिनेटमा डिस्चार्ज भएकी हुन् ।

खोकी र ज्वरोको समस्या देखिएपछि राष्ट्रपति भण्डारी शनिबार अस्पताल भर्ना भएकी थिइन् । उनको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको थियो ।

परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । राष्ट्रपति भण्डारीको शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याबिनमा राखेर उपचार गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News