अपडेट 
२०७९ आश्विन २६, बुधबार ०६:४८

मधेश प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमणको संखया शून्यमा झरेको छ ।

मधेश प्रदेशको कुनै पनि जिल्लामा एक जना कोरोनाका सक्रिय संक्रमित नरहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएका छन् । मधेश प्रदेशमा भएका कोरोना अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा एक जना पनि कोरोनाका संक्रमित नरहेको प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए । प्रदेशका जिल्लाहरू कुनै बेला कोरोनाका दृष्टिकोणले हर्ट स्पर्ट बनेको बेलामा अहिले संक्रमण शून्यमा झरेको छ ।प्रदेशका जिल्लाहरूमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरे पनि स्वाबको परीक्षण गर्दा पनि नयाँ संक्रमित फेला नपरेको प्रादेशिक प्रयोगशाला जनकपुरधामले जनाइएको छ । संक्रमणदर शून्यमा झरेपछि सर्वसाधारण निर्धक्क भएका देखिन्छन् । अहिले कोरोनाबाट जोगिनका लागि सर्वसाधारणहरूले मास्क तथा सेनिटाइजरको प्रयोग गर्न छाडेका छन् । यसैगरी, हाटबजारदेखि विभिन्न अवसरमा लाग्ने मेलामा भीड बढेको छ ।

संक्रमण नै नभएका कारणले सर्वसाधारणमा आत्मबलको विकास भएको छ । नेपाल भारतको चार ठाउँमा एन्टिजेनको परीक्षण गर्दा कोरोनाका संक्रमित फेला परेका छैनन् ।

Comment


Related News

Latest News

Trending News