अपडेट 
२०७९ आश्विन ३०, आईतवार १६:५४

नेपालमा डेंगी बिरामीको संख्या ४० हजार नाघेको छ ।

गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबीस घण्टामा १ हजार १११ जना डेँगीका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगी बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा डेँगीका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेँगीका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेँगीका बिरामी भेटिएका छन् ।

Comment


Related News

Latest News

Trending News