निर्वाचन प्रचार प्रसारमा भारतीय नम्बर प्लेट भएको सवारी साधन बढी प्रयोग भइरहेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका राजनीतिक दल तथा स्वतन्त्रहरुले भारतीय गाडीको प्रयोग बढी गरिरहेका छन । राजनीतिक दलका शीर्ष नेताहरुले बनाएको निर्वाचन आचार संहितामा चुनाव प्रचार प्रसारमा भारतीय सवारी साधन प्रयोग नगर्ने भने पनि उम्मेदवार हरुले भारतीय गाडीको प्रयोग गर्ने गरेको देखिएको छ । एउटा उम्मेदवारले २ देखि ४ वटा भारतीय सवारी साधन प्रयोग गर्ने गरेको देखिएको छ । रौतहटमा प्रतिनिधिसभा र प्रदेशसभा गरी २०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारहरुले चुनाव चिन्ह् पाएको भोलिपल्ट देखि नै घर दैलो कार्यक्रम सुरू गरेका छन् । रौतहटको ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले आफ्m्नो प्रचार प्रसारको निरन्तरता दिएका छन् । पार्टीको झण्डा गाडीमा लगाएर घरदैलो गर्ने गरेका छन् । रौतहट निर्वाचन क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.मोहमद फिरदोस आलमले डीजे बाजासहित घर दैलो गर्ने गरेका छन् ।


