राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका उम्मेदवार डा. रंजित पजियारले जनताको आधारभूत आवश्यक्तालाई सहजताका लागि आफ्नो उम्मेदवारी दिएका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो जितले युवाहरुलाई राजनीतिमा लाग्न प्रेरित गर्ने बताए । मुलुक भ्रष्टाचारको दलदलमा फसेको समयमा जनताको आधारभूत आवश्यक्ता पनि पूर्ति हुन नसकेकाले आफू चुनावी मैदानमा उत्रेको उनले बताए । उनले सबै दलका नेता कार्यकर्ताहरुलाई मतदाताले परीक्षण गरिसकेकाले यस पटक आफूलाई यहाँका मतदाताले अवसर दिने विश्वास व्यक्त गरे । मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था दयनीय रहेको समयमा यसमा सुधार ल्याउने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । यस मधेश प्रदेशमा स्वास्थ्य सेवाको खस्कदो अवस्थालाई देखेर आफू चिन्तित भएको र त्यसमा सुधार ल्याउने उद्देश्यले राजनीतिमा लाग्ने निर्णय गरेको स्पष्ट गरे । प्रदेशमा स्वास्थ्यको स्थिति जर्जर छ नै त्यसमाथि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य सेवा प्रदान गर्नुभन्दा राजनीतिको अखाडा बनेकोमा बताए ।


