२०७९ कार्तिक २, बुधबार ०८:१२

रौतहट जिल्लाको बर्तमान राजनीतिक अवस्था र गठवन्धनको भूमिका बारेमा बुद्धिजीवीहरु चिया गफमा चिन्तन मनन गर्ने गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा देशको राजनीतिक अस्थिरताको सवालमा रौतहटका बुद्धिजीवीहरुको छुटै चिन्तन मननको विषय बनेको छ । रौतहट जिल्लाको गौर नगरपालिका–४ मा रहेको एक चिया पसलमा सामूहिक रुपमा भेला भएका बौद्धिक बर्गका व्यक्तिहरुले रौतहटको राजनीतिक अवस्था र मुलुकको राजनीतिक अवस्थाको विषयमा फरक फरक धारणा राखेका छन् । प्रोफेसर देखि प्राध्यानध्यापक , शिक्षक , कानून व्यवसायीहरुको भएको जमघटमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ र निर्वाचन क्षेत्र नम्बर १ को राजनीतिक अवस्थाको बारेमा बढ़ी चर्चा भएको थियो । प्रधानाध्यापक मणिशंकर निधिले रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र रुपमा उम्मेदवारी दिएका प्रभु साहको आगामी रणनीतिको बारेमा फरक ढंगबाट विश्लेषण गरे । तत्कालीन नेकपा माओवादी बाट राजनीतिक यात्रा शुरू गरेका साहले पुनः माओवादीमा फर्किने उद्देश्यले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको तर्क गरे । प्रभु साह जहिले पनि फाइदाको राजनीतिक गरेको छ, प्रचण्डलाइ धोका दिँदै नेकपा एमालेमा प्रवेश गरेका साहले स्थानीय निर्वाचनमा फाइदा उठाएर फेरी ओलीलाइ धोका दिएको कतिपयको तर्क रहेको थियो ।

प्रधानाध्यापक तुरन्त नारायण झाले मुलुकमा सत्ता जोगाउनको लागि गठवन्धन गरिएको टिपण्णी गरे । राजनीतिक दलका शीर्ष नेताहरुले गरेको गठवन्धन स्थानीय स्तरमा प्रभावकारी हुन नसक्ने तर्क उनको थियो । देशलाइ उन्नति प्रगति तरफ लैजाने सोच राजनीतिक दलका नेताहरुलाई नभई आफ्नो सीट सुरक्षित कसरी गर्ने भन्ने तर्फ मात्र केन्द्रित देखिएको उनको कथन रहेको थियो । मुलुकमा आएको संघीयताले जनतालाइ राहत दिनुको साटो दुःख दिएको भनाइ अर्का शिक्षक कामेश्वर यादवको रहेको छ । हिन्दूहरुको महान पर्वको रुपमा रहेका तिहार र छठको मुखमा शिक्षक कर्मचारीहरुले तलाव नखानु दुखद रहेको उनले बताए । रौतहटको बौधिमाई नगरपालिका, फतवा विजयपुर नगरपालिका, दुर्गा भगवती गाउपालिका र यमुनामाई गाउपालिकामा जनप्रतिनिधिहरुको आपसी विबादका कारण कर्मचरिहरुलाई तलाव भत्ता खानबाट बञ्चित गरेको उनीहरुको आरोप थियो । नगर सभा सपन्न गर्न नसकेका कारण कर्मचारीहरु तलावबाट बञ्चित भएका छन् । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल चुनाव लड्दै छन । उनलाइ गार्हो हुन सकने अवस्था रहेको पनि विश्लेषण गरिएको छ । माधव नेपाल र प्रचण्डलाइ गाली गर्ने प्रभु साहले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पछि सत्ता गठवन्धनका नेताहरुले समर्थन गर्न लागेको कुरो बाहिरीए पछि चुनावी समीकरण फरक हुने अवस्था सृजना भएको छ ।

माधव नेपालले गठवन्धनका उम्मेदवार धीरज पटेललाई समर्थन नगरी प्रभु साहलाइ समर्थन गरे पछि उनलाई अप्ठ्यारो हुन सकने बुद्धिजीवीहरुको तर्क रहेको छ । गठवन्धनका उम्मेदवारलाइ धोखा दिनु गलत रहेको ठहर उनीहरुको रहेको छ । मुलुकमा अहिले दुइ ध्रुवीकरण देखिएको शिक्षक धर्मेन्द्र पटेलले बताए । बाम लोकतान्त्रिक गठवन्धनमा पाँच दलीय नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी पार्टी ,राष्ट्रिय जनमोर्चा नेपाल , लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको गठवन्धनले चुनावी प्रतिस्पर्धामा छन् । दुवै गठवन्धन आदर्श, सिद्धान्त , नीतिको विपरीत भएको बुद्धिजीवीहरुको ठम्याइ रहेको छ । मुलुकलाइ सही दिशामा डोर्याउनको लागि राजनीतक स्थिरताको खाँचो रहेको उनीहरुको भनाई थियो ।

Comment


Related News

Latest News

Trending News