कलैया । खानेपानी मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले तराई मधेशको विकास नेपाली कांग्रेस पार्टीले मात्र गर्ने बताएका छन ।
बारा निर्वाचन क्षेत्र नम्बर १ को प्रचारप्रसार समितिको कार्यालयलाई कोल्हीमा उद्घाटन गर्दै मन्त्री चौधरीले तराई मधेशमा जन्मेका पार्टी खास गरी उपेन्द्र यादवले जहिले पनि सत्ता र शतिmको राजनीतिलाई मूल मन्त्र बनाइ मधेशी जनताहरुलाई धोका दिने काम गर्दै आएको आरोप लगाए । यतिका दिनदेखि राजनीतिक पार्टीका लागि चुनाव लड्दै आएको भए पनि सबै चुनावमा पार्टी फेर्ने र चुनाव चिन्ह् अर्कोबाट चुनाव लड्ने प्रवृत्ति प्रति सजग हुन आग्रह गरे । तराई मधेशमा मात्र करिब सवा सात लाख नागरिक नागरिकताबाट बंचित भएको अवस्थामा अहिलेको अर्थात नेपाली कांग्रेसको सरकारले सदनबाट नागरिकता विधेयक पास गरेर राष्ट्रपतिमा पास गर्नका लागि पठाए पनि राष्ट्रपतिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको इसारामा सो विधेयक फिर्ता पठाउँदा समेत पनि आफूलाई मधेशको मसिहा भन्ने उपेन्द्र यादव कसरी रातारात केपी ओलीसंग तालमेल गरे मन्त्री चौधरीको प्रशन गरे । फरक प्रसंगमा मन्त्री चौधरीले नेकपा एमाले मधेशी विरोधी पार्टी भएको आरोप लगाए । संघीय लोाकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा एकतान्त्रिक शासन व्यवस्था लाध्न खोजेको ओलीलाई मधेशबाट नै सबक सिकाउनुपर्ने मन्त्री चौधरीले भने सुखी नेपाली, समृद्ध नेपालको झुठो नेपाली जनतामा नारा बाँडेर देशलाई तहस नहस पारेको दोषारोपन गर्दै मानव अधिकारको हनन्, अभिव्यति स्वतन्त्रामा कुण्ठित एवम् प्रेस स्वतन्त्रतामासमेत अंकुश लगाउने ओली सरकारलाई नेपाली जनताले चिनिसकेको बताउँदै उनको भ्रमको खेतीमा अव उपरान्त कोही नपर्ने मन्त्री चौधरीको तर्क रहेको थियो ।
नेपाली कांग्रेस पार्टी लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको वकालत, संविधान कार्यान्वयन गर्न एवम् संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पार्टी भएको हुँदा आम नेपालीहरुको चाहना अव नेपाली कांग्रेस नै भएको हँुदा रुख चिन्ह्मा मतदान गर्न सबैलाई आग्रह समेत गरेका थिए । मन्त्री चौधरीले क्षेत्र नम्बर १ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई विद्युत्, कृषि, बाटोघाटो निर्माणमा आमूल परिवर्तन ल्याएको बताउदै जनताको हरेक दुखसुखमा साथ दिदै आएको बताउँदै यो क्षेत्रको अझै वृहत्तर विकासका लागि कुनैपनि कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गर्दै सबैको मान सम्मान हुनेगरी काम गर्ने बताए । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशंकर यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका सदस्य उपेन्द्र जयसवाल, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ का उम्मेदवार रमेश प्रसाद दंगाल, ‘ख’ का नागेन्द्र प्रसाद साह, निजगढ नगरपालिकाका निवर्तमान मेयर सुरेश खनाल, प्रदेशसभाका समानुपातिक उम्मेदवारहरु रविन्द्र पनुहर, माला लामा, मन्जु चौधरी, शोभी मण्डल, लगायतकाले नेपाली कांग्रेसलाई जिताउनुको विकल्प नरहेको जोड दिदै सहमति, सहकार्य र एकता वद्ध भइ अगाडि बढनुपर्ने धारणा व्यतm गरेका थिए ।


