२०७९ कार्तिक ३, बिहीबार ०७:०७

गौर नगरपालिका , गरुडा नगरपालिका , चन्द्रपुर नगरपालिकाको सहकार्य तथा माण्डवी रौतहटको आयोजनामा एक दिवसीय जिल्ला तहमा प्रहरीहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्वन्धी अन्तरक्रिया कार्यक्रम गौरमा सम्पन्न भएको छ ।

स्वदेशमा रोजगारी गरौ , वैदेशिक रोजगारीमा जानै नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऊ भन्ने मूल नाराका साथ सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत सञ्चालन रहेको आप्रवासी स्रोत केन्द्र र प्रहरी कार्यालयबीच सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा सहकारीका लागि सम्भावनाहरुको पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । आयोजक सस्थाका निर्देशक अन्जु झाको सभापतित्वमा सम्पन्न भएको सो अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनील कुमार मल्लले वैदेशिक रोजगारिमा एजेन्टको माध्यमबाट गएमा ठगीमा पर्न सकिने बताए । उनले नेपाल सरकारले सीधै श्रम मन्त्रालयबाट सम्पर्क गरी वैदेशिक रोजगारीमा जान सकिने व्यवस्था गरेकोले एजेन्टको प्रलोभनमा नपर्न आग्रहसमेत गरे । डीएसपी मल्लले विदेश भन्दा राम्रो आम्दानी स्वदेशमा नै रहेकोले स्वदेश मै सीप सिकेर व्यवसाय गरे मा राम्रै आम्दानी गर्न सकिने सुझाव दिए ।

Comment


Related News

Latest News

Trending News