२०७९ कार्तिक ३, बिहीबार ०८:१३

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहर स्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँसहित सुनसरी जिल्ला इनरवा नगरपालिका–२ का २७ वर्षीय बजरंग प्रसाद गुप्तासमेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News