नेपालको संविधान —२०७२ को धारा ३ मौलिक हक र कर्तव्य अन्तरगत दफा १८ समानताको हक भन्ने शीर्षक अन्तर्गत नागरिक , उत्पति, धर्म ,वर्ण जात जाति ,लिंग शारीरिक अवस्था, अपांगता ,स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वा यस्तै कुनै अन्य आधारमा भेदभाव गरिने छैन भन्ने उल्लेख गरिएको छ । साथै भाग—२, मा नागरिकता अन्तरगत ,दफा १० को उपदफा (६) मा नेपाली नागरिक संग वैवाहिक सम्बन्ध गरेको विदेशी महिलाले चाहेमा संधीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने छ । माथि उल्लेख गरिएका कुराहरु नेपालको संविधान २०७२ सालमा घोषणा गरेको संविधानमा लेखिएका सत्य तथ्य आख्यान यहाँ प्रस्ट गरिको छ । नेपाल सरकारले त्यसै संविधानको मौलिक कानून अन्तरगत देशका शासन व्यवस्था संचालन गर्दै आएका छन । नेपाली नागरिक विदेशी महिला संग विवाह (धार्मिक कर्तवय अनुबन्ध) सम्बन्ध कायम गरेपछि अंगीकृत नागरिकता लिन सक्ने छ उल्लेख हुँदा हुदै पनि विवाहको ७ बर्षपछि अंगीकृत नागरिकता पाउने प्राबधान किन ? यो प्रावधान कुन संवैधानिक कानून अन्तरगतको सृजना हो ? यसलाई श्रृजित गर्ने अधिकार,आधार कुन श्रोतले प्रदान गर्यो ? आज वहसको विषय बनेको छ । संविधानको मूल उद्देश्य र प्रावधान प्रतिकूल ,मौलिक विषय वस्तुमा असर पर्ने गरी कुनै दफा संशोधन गर्न पाईदैन भने संविधानमै लेखिएको छ । नागरिकताको स्वाधीनता, मौलिक हक, प्रतिकूल हुने गरी संविधान संशोधन गर्न पनि पाईदैन । नेपाली नागरिक विदेशी महिलासित विवाह गरेको कारण ७ बर्षपछि , विवाहित महिलाले अंगीकृत नागरिकता पाउने प्रावधानबाट नैर्सगिक मौलिम हक प्रतिकूल प्राकृतिक न्यायको पनि, हद नाधेको छ । संशोधन गर्न पाईदैन । नेपालको संविधान —२०७२ कसैको हाथको कठपुतली, जागीर र विरासत होईन । संविधानको मौलिक विषय वस्तु संविधानको एस्प्रीट, विपरीत संशोधन गर्न कुनै पनि सरकार पाउदैन । संविधान संशोधन हुन दुई तिहाई प्रतिनिधि सभाको बहुमत चाहिन्छ ।
त्यसको ध्येय , ममर्, यो छ कि साधारण तथा गहन चिन्तन, विश्लेषणपछि संशोधन गर्नुपर्ने विषय रहेछ भने दुई तिहाईको सर्वसम्मत बहुमतमा संविधान संशोधन गरिन्छ । विदेशी महिलाले नेपाली नागरिकसित विवाह गरेमा ७ बर्ष पछि मात्र अंगीकृत नागरिकता प्राप्तिको विषय धोर अन्याय हो । प्रकृति विपरीत हो । यसले भयावह दुर्धटना निम्त्याउन सक्छ । यो विषय नारी शक्तिलाई शोषण, अवहेलना, अन्याय गर्नु सिवाय अरु केही छैन । नारीहरु हाम्रा शक्तिरुपा हुन ,जुन हाम्रा वेद पुराण र शास्त्रहरुले पनि वर्णन गरेका छ्न । नारी पीडित , शोषित ,उपेक्षित, कष्ट,व्यथा, पतनमुखी हुँदा त्यसलाई मुक्ति दिनु पर्नेमा उल्टै ७ वर्षे प्रावधान असह्य वेदनायुक्त भएन र ? बर्षाेदेखि नारी शोषणको शिकार हुदै आएकी छिन , इतिहास साक्षी छ । यो नारीको मार्मिक गाथा हो जो आज पत्र पत्रिकामा , मिडियामा कच्चा पदार्थको रुपमा जत्रतत्र भेटिन्छ । देशको आधि जनसंख्या नारी हुन । जसलाई पराया, कूडा कर्कट, पुरुषको तुलनामा तल्लो तहको, पतिको दृष्टिमा कामुक्ता , संतानको असह्यभार, वहन गर्नुपर्ने, ससुरालीमा दासीरुपी, माता,पत्नी, वहन नै हुन यिनी । परोपकारीरुपमा महा भारती ,द्रौपदी ,सीता, पार्वती, गायत्री, काली चण्डी, दुर्गा, आदि नारी शक्ति नै हुन । इटलीमा फारचुनाको रुपमा, रोममा साइबेले, ग्रीकमा हेरा, अफ्रिका तिवायत, मैक्सिकोमा एसिसहो, यूनानमा अनोन्का, सिरीयामा अस्टीटे, मोआबमा आख्तर, अबिसिनियाँमा आसार, लाई , नारी शक्तिलाई ,परमेश्वर कोरुपमा पूजिन्छ । ७ बर्ष पछिको अंगीकृत नागरिकताको प्रावधानले एकल महिला ,उपेक्षित, परित्यक्ता, अवोध बाल बालिकामाथि के कस्ता अन्याय सहनुपर्ला,कल्पना गर्न सक्नु हुन्छ । देशभर,संग्राम,आज उत्तिकै आलो छ । काली , चण्डी, दुर्गाको अपमान गर्दा महिसासुर, कूम्भ, निसुम्भ मधुकरको अवसान भयो । पृथ्वीमाता सीताको अपमानले रावण जस्तो पराक्रमीको विनाश भयो । द्रौपदिको अपमानले त कौरवको वंश नै सखाप भयो । अनुसुईया, मदालसा, कुन्ती, द्रौपदी , सुभद्रा, सत्यबती, मैत्रेयी, गार्गी ,भारती , दुर्गाबती, मीरा, लक्ष्मीबाई, अम्बपाली, शबरी , अहिल्याबाई, सारन्धा, जैवी शक्तिहरु असाधारण रुपमा हामी बीच पराशक्तिरुपमा विद्यमान हुनुहुन्छ । हजरत मुहम्मद साहबेको कुरा गरौ ”आमाको चरणमा जन्नत हुन्छ ” उहाले भन्नुहुन्छ । अर्थात नारी चाहे जुनरुपमा हुनुहुन्छ सृष्टिको अद्धितीय सम्पदा, मूर्तिकार , चित्रकार, शिल्पकार, प्रतिमाकार आप्mनो गर्भभित्र प्राणवान प्रयोगशालामा सर्वोत्तम दृश्यमान चेतनात्मक सौन्दर्य उडेलदिएको हुन्छ । स्वर्गबाट अवतरित गंगा मैया नारी स्वरुप नै हुन जो संसारको सबै प्राणीको पाप मोचन गर्दछिन ।
बडा दशैमा तिहार, बसन्त पंचमी, विवाह पंचमी पर्वहरुमा नारी शक्तिहरु कै उपासना , पूजा , आराधना, साधना गरिन्छ । यिनि पराशक्तिको कृपा बिना हाम्रा कुनै कामनामा सिद्वि प्राप्त हुने होईन । नारीशक्ति अराध्य देव हुन ,अपमान नगरौ ,अधिकारबाट वंचित न गरौ, हकबाट अलग नगरौ । मधेशी हो वा पहाडी, मुसलमान होस वा हिन्दू, ईसाई होस वा बौद्ध सबैमा हाम्रा नारीहरु पूजनीय हुन । बेद, पुराण, उपनिषद, दर्शन ,गीता, आरण्यक,ब्राह्मण, आदि ग्रन्थहरु र संस्कृतिले पनि पत्निलाई अर्धाङ्गनी भनेका छन । अर्धाङ्गनी भनेको अर्ध +आंङ्गनी अर्थात शरीरको आधा अंङ्ग । पित्रृसत्तात्मक समाजले आफनो शरीरको आधा अंग ( पत्नी ) दास , मौलिक अधिकारबाट बंचित राख्ने त ? । ७ बर्षको प्रतिवन्ध लगाउने सम्बन्धित समितिले पनि नागरिकता पाउने सिफारिस गरेको छ । नेपालको संविधान— २०७२ लागु हुँदाको बेला बखत , तत्कालीन महामहिम डा. राम वरण यादव ज्यू संविधान प्रारम्भ हुँदा पनि विदेशी महिलाप्रति कुनै वाध्यात्मक प्रतिवन्ध लगायनु भएन आज किन ? । आज सौभाग्यले पित्रृसत्तात्मक समाज हुँदा पनि मात्रृसत्तात्मक मातारुपी नारी महामहिम राष्ट्रपति विद्यादेबी भण्डारी पांउदा पनि नारी वर्गमाथि प्रतिवन्ध लगाउन कस्तो अचम्भको कुरा हो । महिला वर्गको लािग अति हर्ष र प्रेरणादायक समयमा विदेशी विवाहित महिलामाथि महिला महामहिम राष्ट्रपतिको समयमा नागरिकतामाथि प्रतिवन्ध लाग्नु उचित भएन । महामहिम राष्ट्रपति ज्यू नारी, पुरुष सबैका अभिभावकीय दायित्व लिइ बस्नु भएकोमा नारीप्रति कसरी अन्याय गर्न सक्नुहुन्छ । शक्तिस्वरुपा माताले नै बुहारीप्रति अन्याय कसरी गर्न सक्नुहुन्छ ? । संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक पनि राष्ट्रपति विद्यादेबी भण्डारीले अस्विकार गरेको दिन १५ दिनको समयावधि असोज ४ गते मंगलवार मध्यराती सकिएको छ । सार्वभौम संसदले दुई तिहाई , दुई पटक पारित गरी पठाएको विधेयक , अस्विकार गरेर राष्ट्रपति विद्यादेबी भण्डारीले संबैधानिक सीमा नाधेको छ । राष्ट्रपति जस्तो सम्पूर्ण राष्ट्रकै अभिभावक संविधानको अवहेलना गर्नाले देश , संविधान , कानून ,को अवमूल्यन भएन त ? । संसदले २०७९ साल २० भदौमा विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिको कार्यालयमा पठाएको थियो । राष्ट्रपतिाले विधेयक प्रमाणीकरण नगरेपछि विधेयकको अस्तित्बमाथि प्रश्न उठेको छ । संविधानले धारा १० मा नागरिकतालाई पा्रदेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरे पनि विधेयक , अनुकूल नरहेको र धारा १५को प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा अन्य व्यवस्था संघीय कानून बमोजिम नआएको भन्ने राष्ट्रपति कार्यालयको अभिव्यक्ति आएकोबाट के बुझिन्छ ? । हाम्रा सम्पूर्ण मुलुकको नागरिकबाट छानी बनेको सार्वभौम संसदलाई राष्ट्रपतिको कार्यालयले शून्य प्राथमिकतामा राखेको छ ।
नागरिकता विहीन आठ लाख नेपाली नागरिकको समस्या हो यो । नागरिकताको अभावमा शिक्षा , स्वास्थ्य , रोजगारी, व्यवसाय, बैंकिंग कारोबार, घरजग्गा खरिद विक्री, राजनीति, कोभिड विरुद्धको खोप, विवाह दर्ता, जन्म दर्ता, बसाई सराई, मृत्यु दर्ता ,याबत कार्य रोकिएको छ । जन्म सिद्धका सन्तान नागरिकता पाउन वंचित छ । तीन पुस्तादेखि नेपालमै बसोबास गरिरहेको तर नागरिकता विहीन छ । महान चाड दशैको शुभ साईतमा पनि नागरिकता पाउन सकेन । कस्तो बिडम्बना ? । ईगलैण्ड जस्तो अलंकारी राजा (राष्ट्रपति) व्यवस्थापिका , कार्यपालिका,संसदीय सर्वोच्चता, शक्ति संतलुनका आधारमा लोकतान्त्रिक स्थापित व्यवस्थामा नागरिकता प्रमाणपत्र विहीन नेपाली नागरिकको जन जीवन पूर्ण कष्टकर बनेको छ । हिन्दू राष्ट्र चाहिन्छ भन्ने एक थरि हिन्दूवादीहरुले धर्म निरपेक्षता विपरीत ज्ञापन साथै आन्दोलनको धम्की तेर्साएको छ । हरेक धर्मको, आ–आप्mनो संस्कृति परंम्परा ,जीवन पद्धति हुन्छ । त्यस्तै हिन्दू , मुस्लिम ,बौद्ध , सिख , ईसाई , आदि आफैमा महिलालाई एउटा सम्मानजनक स्थानमा राखेका छन । हिन्दूहरु राम की सीता, कृष्ण की राधा, र शंकर की पार्वतीलाई शक्तिरुपमा स्थापित गरी महानता रुपमा ,पूजा , अनुष्ठान गर्ने गेरेका छन् । आज महिला माथि किन अन्याय ? । यिनीहरु सन्तानका पूज्यनीय आमा , बहिनी , छोरी,बुहारी, हुन । इतिहास साक्षी छ । हर युगमा महिला पत्नीले पतिको दीर्धायु, पतिको प्राण रक्षाका लागि यमराज सित पनि लडेका बिराङ्गनाहरु देखेका छौ । मातृत्व सतात्मक प्रधान राष्ट्रमा अभिभावकको उपस्थितिमा यस्तो अन्याय कसरी हुन सक्ला ? । ममतामयी माता माथि कलंक लाग्ने काम नहोस यो सबैको चाहना हो । विश्वमा विभिन्न शासन पद्धतिहरु आए । न्याय, राजनीति, सामाजिक,आर्थिक सांस्कृतिक परम्पराहरु छन् । कतै नारीलाई शिक्षा , राजनीतिक, सांस्कृतिक पोशाकहरुमा प्रतिबन्ध छ भने हामी नेपालीले नारीलाई नै देशको सर्वोच्च अभिभावकमा नारी राष्ट्रपतिको रुपमा पाएका छौ । अतः विदेशी महिलासंग विहे गरेमा ७ बर्षपछि अंगीकृत नागरिकताको प्रावधानलाई खारेज गरी तत्कालै अंगीकृत नागरिकता प्रदान गर्नुपर्दछ ।


