२०७९ कार्तिक ४, शुक्रबार ०७:५९

सर्लाहीको बागमती नगरपालिका १ मिलन चोकस्थित सगुन सहकारी संस्थाको सेवा केन्द्रका कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न चार जनालाई सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालय जनकपुरधामका इन्सपेक्टर उमाशंकर साह नेतृत्वको टोलीले पक्राउ गरेको छ । सिसिटिभी फुटेज र स्थानीयले दिएको आधारमा २४ घण्टा नवित्दै अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ पर्नेहरुमा भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनी छन् । पक्राउ परेका सहनीको खुट्टामा गोली लागेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले चलाएको गोली सहनीको खुट्टामा लागेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News