अपडेट 
२०७९ कार्तिक ४, शुक्रबार १७:२३

पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।

पाकिस्तानी निर्वाचन आयोगको यो निर्णयलाई पाकिस्तानी राजनीतिक संकटमा अर्को मोडको रुपमा हेरिएको छ । गत अप्रिल महिनामा खान अपदस्थ हुनुअघि पाकिस्तानमा राजनीतिक विवाद उत्कर्षमा रहेको छ ।

यसलाई पूर्वअन्तर्राष्ट्रिय क्रिकेट स्टार समेत रहेका पूर्व प्रधानमन्त्री खान र उनको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले लडिरहेका धेरै कानूनी लडाइहरू मध्ये एक भएको जनाइएको छ ।

सत्तामा रहँदा उनले अनावश्क रुपमा उपहार लिएको त्यहाँको निर्वाचन आयोगले फैसला गरेपछि उनलाई उम्मेदवार हुन अयोग्य घोषित गरिएको उनका वकिल गोहर खानले जानकारी दिएका हुन ।

‘पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ’ गोहरले भने, ‘हामी यसलाइ अहिले इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं ।’

Comment


Related News

Latest News

Trending News