शी लीडर्स कार्यक्रम अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा महिलाको राजनीतिक प्रतिनिधित्वको लागि संचारकर्मी हरुको भूमिका सम्वन्धी एक दिवसीय कार्यशाला गोष्ठी शनिवार सम्पन्न भएको छ ।4
महिलाहरुको समानुपातिक सहभागिता र लैंगिक विभेदको अन्त्य गर्नको लागि सञ्चालन भएको परियोजना अन्तर्गत माण्डवी रौतहटको आयोजनामा भएको कार्यशाला गोष्ठीमा पत्रकार चन्द्रकिशोर झाले मंसिर ४ मा हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतपÞर्m संविधानले ग्यारेन्टी गरेको ३३ प्रतिशत सहभागिता नभएकोप्रति चिन्ता व्यक्त गरे । उनले लोकतन्त्रको महापर्वको रुपमा रहेको आम निर्वाचनमा राजनीतिक दलहरुले महिलाहरुलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड़ दिए । आयोजक सस्थाका कार्यकारी निर्देशक अंजु झाले महिलालाई नेतृत्व तहमा पहुंच कम भएको बताए । गत स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा नै महिलाहरुसित विभेद गरिएको जिकिर गरे । महिलालाई सक्षम छैन भने अझ विभेद गर्ने प्रवृत्ति कायम रहेको बताउँदै महिलालाई अवसरबाट वन्चित गर्ने सोच पुरुषमा हावी रहेकोले महिलाको सम्मान अधिकारको लागि दबाब सृजना गरी दिन संचारकर्मीहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा सहभागी भएका रौतहट , बारा, सर्लाही , महोत्तरी र धनुषाका संचारकर्मीहरुले निर्वाचनमा महिलाहरुको अधिकारको विषयमा कलम चलाउने प्रतिबद्धतासमेत गरेका थिए ।


