निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले उम्मेदवारी फिर्ताको घोषणा गर्दै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका झाले विहीवार आफ्नो निजी निवासमा जसपा पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गरेका छन । नेकपा एसका अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव कुमार नेपालले झालाई माला लगाएर पार्टी प्रवेश गराएका छन । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जसपाका योगेन्द्र यादव र निवर्तमान प्रदेश सांसद बाबुलाल साहले निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोले आफू स्वतन्त्र रुपमा मनोयन पत्र दर्ता गराएको झाले प्रष्ट गरे ।
नेता झाले जसपाका योगेन्द्र यादव र बाबुलाल साहले अहिलेसंगै प्रचार प्रसारसमेत नगरेको र गर्न चाहनेलाई समेत प्रतिबन्ध लगाउने जस्ता कार्य गरेकोले आफ्नो उम्मीदवारी फिर्ता लिएको बताए । उम्मीदवारी फिर्ता लिएका झाले प्रतिनिधि सभाको उम्मेदवार नेपाललाई जिताउने अभियानमा सक्रिय योगदान दिने विश्वाससमेत व्यक्त गरे । मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका झा पुनः पुरानो घर फर्केका छन । तत्कालीन नेकपा एमालेमा माधव नेपालका दाहिना हाथ भनेर चिनिएका झा फेरि नेता नेपालसित जोडिएका छन ।
Please subscribe our official youtbe channel below and support us.


