२०७९ कार्तिक ११, शुक्रबार ०८:०३

प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि उम्मेदवारहरुले वडा पिच्छे खोलेका प्रचार प्रसार कार्यालय सुनसान रहने गरेको छ ।

कार्यालय खोल्ने क्रममा भारी भीड रहनेगरे पनि एक÷दुई दिनमै सुनसान हुन थालेको स्थानीय बासिन्दाहरुले बताउने गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारलाई तीनवटा र प्रदेश सभाका उम्मेदवारलाई एउटा कार्यालय खोल्ने स्वीकृति दिएको छ । तर त्यस विपरीत उम्मेदवारहरुले वडा पिच्छे प्रचार कार्यालय खोल्ने क्रमलाई निरन्तरता दिएका छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनका उम्मेदवारहरुबीच प्रचार कार्यालय खोल्ने प्रतिस्पर्धा नै चलेको छ । तर कार्यालय सञ्चालनको निरन्तरता खर्चिलो बनेको छ । नाम उल्लेख नगर्ने शर्तमा एकजना उम्मेदवारले भने, कार्यालय खोल्नु बाध्यता जस्तै छ । तर त्यसको सञ्चालन अत्यन्त खर्चिलो रहेको छ । दिनभरि सुनसान रहने प्रचार कार्यालयमा साँझ युवा कार्यकर्ताहरु देखिन्छन् । तर उनीहरुले साँझ रमझमको व्यवस्था नदेखेपछि उम्मेदवारलाई गाली गर्दै हिड्ने गरेको उम्मेदवारहरु पनि स्वीकार छन् । उम्मेदवारहरुले चुनाव प्रचारका लागि सामान्य खर्च बाहेक खानपिन (रमझम) मा हात खोलेका छैनन् । उम्मेदवारसँगै रहने सीमित कार्यकर्ता बाहेकलाई रमझमको सुविधा प्राप्त नभएको युवाहरु बताउँछन् । चुनावलाई अत्यन्त खर्चिलो बताइए पनि हाल सम्म उम्मेदवारहरुले खर्चलाई नियन्त्रण नै गरेका छन् । चुनावमा अप्रत्याशित खर्च हाल सम्म भएको देखिदैन् । उम्मेदवार हरुले सामाजिक सञ्जाल बाहेक प्रचारको माध्यम घरदैलोलाई नै बनाएका छन् । उम्मेदवारहरु बिहानदेखि अबेर राती सम्म घरदैलो कार्यक्रम गरेको देखिन्छ ।

तराईमा चुनावले छठ पर्वपछि गति लिने लक्ष्मीनियाँ गाउँपालिकाका युवा राजनीतिकर्मी देवचन्द्र झा बताउँछन् । ‘तराईमा दर्शै, दीपावली र छठ पर्वमा हिन्दूहरु पूजापाठमा सकृय रहने गर्छन्’ उनले भने, त्यसकारण छठ पर्वपछि मधेश प्रदेशमा चुनावले गति समात्ने छ । छठ पर्वपछि उम्मेदवारहरुले सम्पूर्ण ताकत मतदातालाई रिझाउन लगाउने उल्लेखगर्दै झाले भने, प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले क्षमता भन्दा पनि बढी खर्च गर्न पछि पर्ने छैनन् । त्यसपछि मात्र प्रचार कार्यालयमा भीडभाड देखिने छ । चुनावको क्रममा मतदातालाई प्रभावित पार्न प्रयोग गरिने विभिन्न अस्त्रहरु खर्चिलो हुने गरेको बताइन्छ । हाल चुनाव प्रचारको क्रममा सम्भ्रान्त उम्मेदवार अथवा सामान्य उम्मेदवारबीच सवारी साधन बाहेक धेरै भिन्नता देखिएको छैन् । तर चुनावको मिति नजिकिने क्रमसँगै फरक देखिन थालिएको छ । मधेश प्रदेशको सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि कडा प्रतिस्पर्धाको संकेत देखिन थालिएको छ । शीर्ष नेताहरुको भविष्य जोडिएको क्षेत्रहरुमा भने सोझो प्रतिस्पर्धा हुन सक्ने संभावना बढन थालेको छ । हुनत अहिले मतदाताहरु खुलिसकेका छैनन् ।

तर उम्मेदवारहरुले आर्थिक लगानी बढाउन थालेका छन् । उम्मेदवारहरुले खर्च नबढाए सम्म प्रचारप्रसार कार्यालय सुनसान नै रहने झाको कथन छ । उम्मेदवारहरुले वाडैपिच्छे खोलेका प्रचार कार्यालय तत्कालका लागि प्रचार मुखी भए पनि त्यो अत्यन्त खर्चिलो रहेको झाले बताए । ‘प्रचार कार्यालयको खर्च धान्नै उम्मेदवारहरुलाई धौ धौ पर्न थालेको छ’ उनले भने, बिहान देखि त्यहाँ बस्ने कार्यकर्ताहरुलाई खाजा, खाना र रात्री रमझमको व्यवस्था गर्नु त सामान्य नै हो ।

Comment


Related News

Latest News

Trending News