२०७९ कार्तिक ११, शुक्रबार ०८:१५

बाराको जितपुरसिमरा उपमहानगर वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

५१ वर्षीय खातुन हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकामा सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । ‘हामीले रोक्दारोक्दै निषेधित क्षेत्रभित्र बाख्रा चराउन जादा जंगली हात्तीको आक्रमणवाट कम्मरमुनि गम्भीर चोट लागेको थियो पछि उपचारको क्रममा मृत्यु भयो,’ प्रमुख संरक्षण अधिकृत अशोकरामले भने । जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी खातुनको परिवारलाई तत्काल किरिया खर्च ५० हजार र राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने निकुञ्जले जनाएको छ । एकसाता अघि पनि पर्सा निकुञ्जभित्रै आफैले पालेको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News