अपडेट 
२०७९ कार्तिक १२, शनिबार ०७:१९

एक दशक अघि आफ्नो एक लेखमा मैलै तेलहा मडहा पोखरीमा छठ मान्ने सदिक्षा व्यक्त गरेको थिए“ । त्यतिबेला पनि तेलहा मडहा डवरा नै थियो । दुबै पोखरीको दक्षिणपट्टी जानकी मन्दिरका महन्तजीले बनाएर भाडालगाएका सटरहरु थिए ।पोखरी अतिक्रमण गरी निर्माण गरिएका पश्चिमपट्टीका दुई मिठाई पसल र यी पसलहरुबाट निस्किने फोहर विसर्जन गर्ने डम्पिङ साइट बनेका ती पोखरीहरु यहा“का समाजसेवी,जानकी मन्दिरका महन्त,प्रहरी प्रशासनतर्फ टकटकी आ“खा लगाएर बसेका थिए । उद्धारको प्रतीक्षामा थिए । असलमा पोखरी एक जना रामको खोजीमा थिए । अहिल्या जस्तै । जसलाई स्पर्श गरी दिएर भगवान राम सुन्दर नारीको स्वरुप प्रदान गरेका थिए । नभन्दै रामकुमार शर्मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष भएर आए । उनले सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध संरचनाहरु भत्काउने अभियान सुरु गरे । कमोवेश यो अभियान सफल पनि भयो । जानकी मन्दिरले निर्माण गरेका सटरहरु भत्काइए । पश्चिमपटिका होटलको संरचनाका केही भाग पनि तोडियो । म मात्र होईन,जनकपुरवासी खुसी भए । अभियानलाई साथ र सहयोग दिए । तेलहा मडहामा छठ मान्ने मेरो सपना चलबलायो । जय छठि मैया …..आब तेलहा–मडहामे सेहो छठि घाट सजतो । उगह हो सुरुजदेव…अघर््यके बेर…..गीत बजतो । तर यो जनकपुर न हो । यहा“ राम्रो काम र राम्रो गर्ने व्यक्ति चाहिदैन । दबाब भनौ वा परिवन्द वा अन्य कुनै कारणले रामकुमारजीको अभियान बिचमै रोकियो । होटलको भत्काइएको संरचना पुनः निर्माण भयो । भत्काइएका सटरको स्थानमा फूटपाथ बाजार लाग्यो । अचेल तेलहा मडहा पहिलेको भन्दा पनि विभत्स भएको छ । मैले तेलहा मडहा झन विभत्स भयो भनि रहदा प्रश्न उठ्न सक्छ– तेलहा–मडहा पोखरीलाई सौन्दर्यकरण गरिदै छ । मधेश प्रदेश सरकारले लाखौंको बजेट विनियोजन गरेको छ ।

तपाई जस्ता पत्रुकारहरुको चाला नै यही हो , यस्तो नकारात्मक कुरा लेख्ने ? उनीहरुलाई यस्तो आरोप लगाउने छूट छ । म यस्ता आरोपलाई सहजतापूर्वक लिन्छु । तर यस्तो आरोप लगाउनेहरुसंग मेरा केही सवालहरु छन् –‘ ल भनौंस् पोखरी भनेको पानी हो कि कंक्रिटको घाट ? पोखरी सौन्दर्यकरणको नाममा प्रदेश सरकारले निर्माण गरेको संरचनाभित्र सफा पानी छ ? तपाई यी पोखरीमा छठि पर्व मनाउन सक्नु हुन्छ ? भत्काइएका घरहरुको पुर्ननिर्माण कसको इसारामा भयो ?’ पोखरी सौन्दर्यकरण भनेको पानी निर्मलीकरण गर्नु हो । पोखरीमा रहेका पानी जीवहरुको ईकोसिस्टम जोगाउनु हो । पानीबिनाको पोखरी र जीवबिनाको पानीलाई पोखरी भन्नै सकिदैन । भनिन्छ– तेलहा पोखरीको निर्माण राजा जनकले गराएका थिए । राम र सीताको विवाहमा जन्ती आएका बारातीहरुले स्नान गर्नु पूर्व शरीरमा तेल दलोस भनेर उक्त पोखरी खनाइएको थियो । तेल राख्न खनाइएको पवित्र पोखरी अचेल दिसा पिसाव र होटलको फोहर डम्पिङ गर्ने डबरा बनेको छ । जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अभिव्यक्त गर्ने क्रममा एक सन्त कविले लेखेका थिए —‘वावन कुटी,बहत्तर कुण्डा । फिरहि सन्तजन झुण्डहि झुण्डा ।’ वर्षौ पहिला लेखिएको यो पद अहिले पनि सत्य—तथ्यको नजिक छ । विभिन्न अभिलेखहरुमा उल्लेख भए अनुसार–यहा“ अहिले पनि ४९ धार्मिक महत्वका सार्वजनिक पोखरी छन् । २१ निजी पोखरी छन् । धार्मिक तथा सांस्कृतिक महत्वका आधा दर्जन पोखरी लोप भइ उक्त जग्गामा भव्य निजी भवनहरु निर्माण भइ सकेका छन् ।फेरि पोखरी अतिक्रमण गरी घर बनाउने,जनक सरोवर पुरेर आ“पको बगैचा लगाउनेहरु जानकी मन्दिरबाट ठूल ठूला माला पाउ“छन् । सामाजिक अभियन्ता कहलाउछन् । मान प्रतिष्ठा पनि पाउछन् । २०६२साल श्रावण २६ गते मन्त्रीमण्डलस्तरीय निर्णयद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको अध्यक्षतामा गठित उच्चस्तरीय कार्यदलले जनकपुर र यसको वरिपरि ४९ धार्मिक महत्वका सार्वजनिक पोखरीहरुको सूची सार्वजनिक गरेको थियो । उक्त कार्यदलले यस क्षेत्रका २१ निजी पोखरी तथा जनकसरोवर,अमृतकुण्ड,गोपाल सर,पयस्वनी सर,वलदेव सरसहित ५ सार्वजनिक सरोवरलाई लोप भइसकेको पोखरीको रुपमा सूचीकरण गरेको थियो । लोप भइसकेका पोखरीहरुको सूची सार्वजनिक भयो तर सरोकारबालाहरु कानमा तेल हालेर बसि रहे । भनिन्छ– जनक सरोवरमा स्नान गर्नेहरु कुष्ठ जस्ता असाध्य रोगबाट मुक्ति पाउ“थे तर जनक सरोवर अचेल बगैंचा बनेको छ । जसमा आ“प,लिची,केलाको बगान छ ।

भोजराज घिमिरे प्रतिवेदनले नगर पालिका भित्रका पोखरीहरुको सामूहिक व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको थियो । प्रतिवेदनको सुझाव खण्डमा उल्लेख छ—सामुदायिक सहभागितामा पोखरीहरुको व्यवस्थापन प्रक्रृया संचालन गर्नु पर्दछ । यसको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अग्रसरतामा सहरी विकास तथा भवन निर्माण विभाग,धनुषा जिविस,जनकपुर नगर पालिका,गुठी संस्थान,सम्बन्धित वडाका वडाध्यक्ष,स्थानीय प्रशासन,सामाजिक कार्यकर्ता,संरक्षणवादी एवं पर्यटन बोर्डका प्रतिनिधि सम्मिलित पोखरी संरक्षण समिति गठन गर्नु पर्दछ । तर दुर्भाग्य प्रतिवेदन बुझाएको झण्डै दुई दशक बिति सके पनि सरकारले यहा“का पोखरीहरुको संरक्षण सम्बद्र्धन विषयमा कुनै ठोस योजना ल्याउन सकेको छैन । स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । अचेल मुलुकको ध्यान प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतर्फ छ । राजनीतिक दल र उम्मेदवारहरु आकर्षक घोषणापत्र,प्रतिबद्धतापत्र आदि सार्वजनिक गर्दैछन् तर दुर्भाग्य जनकपुरका एउटै उम्मेदवारले भोजराज घिमिरे प्रतिवेदनले लोप भइसकेको सूचीमा राखेको जनक सरोवर,अमृतकुण्ड, गोपालसर, पयस्वनीसर,वलदेवसरसहितका पा“च पोखरीको उद्धार गर्छु भन्ने प्रतिबद्धता व्यक्त गरेको सुनेको छैन । पढेको छैन । ई पोखरीहरु एउटा रामको प्रतीक्षामा टकटकी आ“खा लगाएर बसेका छन् ।

Comment


Related News

Latest News

Trending News