२०७९ कार्तिक १२, शनिबार ०७:२९

जनकपुरधाममा पर्यावरण बचाउन सडक प्रदर्शन गरिएको छ ।

शुक्रबार जनकपुरधाममा कायापलटले एक कार्यक्रमको आयोजना गरी पर्यावरण जोगाउनु पर्ने माग गरेको छ । छठ पर्वको पहिलो दिन प्लाष्टिक म्यान क्याम्पेन सम्पन्न गरिएको छ । सडक प्रदर्शनमा अभियन्ताद्वारा पर्यावरणमाथिको विनाश रोक्नुपर्ने सांकेतिक प्रस्तुति गरेका थिए । कायापलटको आयोजनामा सेभ द चलड्रेन, सिफ्ट, डब्लु डब्लु एफ नेपालको सहकार्यमा जनकपुरधामको जानकी मन्दिर, जनक चौक, राम चौक हँुदै प्लास्टिक म्यान सहित २० जना पर्यावरण अभियन्ताले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा एक प्लाष्टिक म्यानले प्लाष्टिकका बोतल र झोला बोकेका थिए भने प्लाष्टिकका सांकेतिक रुपमा सडक प्रदर्शन प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तुतिमा कायापलटका रिषभ कुमार प्लास्टिक म्यान बनेका थिए भने कुमारसंग रहेका अभियन्ताले सडकका व्यापारी तथा आम–मानिसलाई प्लास्टिकबाट हुने प्रतिकूलता बारे चेतना दिएका थिए । कार्यक्रममा सहजीकरण गर्दै कायापलट संस्थापक दिवाकर उप्रेतीले पर्यावरणमाथिको हस्तक्षेप रोक्नुपर्ने बताए । उनले भने,’आम मानिसले प्लास्टिकको प्रयोग कममात्र गरे पनि सफा र सुन्दर जनकपुरधाम बनाउन सकिन्छ । यसको सुरुवात आफूबाट हुन जरुरी छ ।’

Comment


Related News

Latest News

Trending News