२०७९ कार्तिक १३, आईतवार ०७:०९

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू देउवा राणा छठ पर्व हेर्न जनकपुरधाम आउन लागेकी छन् ।

आइतबार दिउँसो उनी जनकपुरधाममा आउने कार्यक्रम रहेको छ । आरजू प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती हुन् । आइतबार जनकपुरधाममा र सोमबार कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ नगराईन पुगेर छठ पर्व हेर्ने कार्यक्रम रहेको कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहले जानकारी दिए । उनका अनुसार आइतबार बिहान साढे दश बजेको विमानबाट राणा जनकपुरधाम आउने लागेका छन् । जनकपुरधाम आइसकेपछि विमानस्थलबाट पूर्वउपसभापति निधि निवासमा खाना खाने कार्यक्रम रहेको छ । दिनको खानापछि केहीबेर होटलमा विश्राम गरेर साँझ छठ पर्व र गगां आरती हेर्न राणा गंगा सागर पुग्ने छन् । राति होटलमा विश्राम गरेर सोमबार बिहान उदाउँदो सूर्यलाई दिइने अर्घ हेर्न पूर्वउपसभापति निधिको गाउँ नगराईन पुग्नेछन् । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न भइसकेपछि क्षेत्रीय सभापति निधिको निवासमा प्रसाद ग्रहण गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि उनी नगराईन नगरपालिका अन्तर्गतको नेपाल– भारत सीमा जटही पुगेर नाका अवलोकन गर्ने छन् । सोही दिन उनी काठमाण्डु पनि फर्किने बताइएको छ ।

कांग्रेस नेताहरु उनलाई स्वागत गर्ने कार्यक्रमहरु पनि राखेका छन् । निधि पनि शनिबार साँझ जनकपुरधाम आएका छन् ।

Comment


Related News

Latest News

Trending News