वीरगन्जको घडिअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी भएको छ ।
छठपूजामा सजावटका सन्दर्भमा घडिअर्वा नेपालमै प्रसिद्ध रहेको छ । व्यवस्थापन समितिका अध्यक्ष हिरालाल साह कानुका अनुसार यसपालि छठघाटको सजावट र व्यवस्थापनमा करिब १६ लाख ४२ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । टेण्टपण्डालमा ७ लाख २५ हजार , परिसर बाहिरको बत्ती सजावटमा १५ हजार , भिडियोग्राफीमा ४१ हजार , पुरस्कारमा ५ लाख , सरसफाइमा ५१ हजार रुपैया खर्च हुने अनुमान छ । सुरक्षा उपसमतिका संयोजक गुप्ताका अनुसार , छठघाटमा व्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय ५० सुरक्षाकर्मी र घडिअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिने छ । यस्तै छठघाट परिसरमा १४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने बताइएको छ । तराईमा सबैलाई छठको चटारो लागेको छ । सबै तालतलाउ तथा ,नदी पोखरीका घाटहरु दुलही जस्तै सिंगारिएका छन् । त्यस्तै, वीरगञ्जको घडिहर्वा पोखरीलगायत अन्य ठाउँमा पनि छठको रमझम उत्तिकै छ । दुलहीझैं सिंगारिएका तलाउहरुमा हजारौं भक्तजन छठपूजामा भेला हुने गरेका छन् । अत्यन्त निष्ठा र कठोरतापूर्वक मनाइने छठपर्वको रौनकताले श्रद्धालुलाई निकै नै उत्साहित बनाएको छ । घाटहरुमा लगाइएको झिलिमिली बत्तीेले रातिको समयमा झनै मनमोहक देखिन्छ । यस्तैे गाउँघर, शहर बजारलगायत गल्लीमा गुञ्जिएका छठका सुमधुर गीतले यसको रौनकता अझै थपिएको छ ।
सुर्य देवको उपासना र षष्ठी माताको आराधना गरी ३६ घण्टासम्मको निर्जला व्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । तराइमा भव्यताका साथ छठ पर्व मनाइने वीरगञ्जको घडिअर्वा पोखरी दुलही जस्तै सजाइएको छ । घडिअर्वा पोखरीमा लगभग २ लाख भन्दा बढी भक्तजन आउने अनुमान छठपुजा व्यवस्थापन समितिको छ । छठपूजा व्यवस्थापनको लागि यसबर्ष १६ लाख ४१ हजार खर्च हुने समितिले जनाएको छ । सबै जातजातीका मानिसहरु एकै ठाउँमा बसेर छठ मनाउने गरेकाले यस पर्वले सामाजिक एकता र समानताको सन्देश प्रवाहित गरेको संस्कृतिका जानकार उमाशंकर द्विवेदी बताउछन्। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरवा अरवाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि छठको विधिवत समापन हुन्छ ।
महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन पनि प्रचलित रहेको छ ।


